Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसको खल्तीबाट, मन्त्री को–को ?

ram-chandra-sher-bahadur-deuba
काठमाडौं । आज अपराह्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भोली शितलनिवासमा हुने शपथ ग्रहणका लागि कांग्रेसले एकजना उपप्रधानमन्त्रीसहित थोरै मन्त्री पठाउने भएको छ ।

सुरुमै ठूलो मन्त्रिमण्डल बनाएर जाँदा आसन्न नेविसंघ महाधिवेशन प्रभावित हुने कारण सभापति शेरबहादुर देउवाले भोलि थोरै र आठ–दश दिनभित्रै थप मन्त्रीलाई सरकारमा सामेल गराउने भएका हुन् ।

आफू पार्टी सभापति भएपछि भातृसंगठनको पहिलो निर्वाचनमा आफ्ना पक्षधर उम्मेदुवार हटाउन रामचन्द्र पक्षधर मन्त्रीहरु लाग्ने खतराको कारण उनले यस्तो गर्न चाहेका हुन ।

तर, हिजो साँझसम्म पनि भोलि शपथमा पठाउने मन्त्रीको टुंगो लगाउन देउवालाई हम्मै परेको छ ।

दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै रामचन्द्र पक्षधरले ६ जना मन्त्री माग्दा देउवाले ‘तीनदेखि चनर, त्यो भन्दा बढी हुन्न’ भनिसकेका छन् ।

त्यसमध्यृ भोलिको शपथमा शेखर कोइराला सहभागि हुने बताइन्छ । तर, समस्या छ – देउवाको कोटरीमा ।

शपथमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको रुपमा विमलेन्द्र निधि जाँदैछन् । देउवाले भोलिको शपथमा पठाउन तयार पारेका अरु तीनजना हिजो साँझसम्म अप्ठेरा कुरा गरेर समस्यामा पार्दै थिए ।

देउवाले मन्त्री बनाउने टुंगो लगाएका गोपालमान श्रेष्ठ, अर्जुनरसिंह केसी र बालकृष्ण खाँणले निधीको नेतृत्वमा जान नसकिने बताए । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्