Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्को बैठक सोमबार तीन बजे, यसरी हुँदैछ प्रधानमन्त्रीको निर्वाचन !

CA_BICC News

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिएको छ । सहमतिय सरकार नबनेपछि अब बहुमतीय सरकार बन्ने लगभग निश्चित भएको छ ।

सोमबार नै बहुमतीय प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढ्ने भएको छ । बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिको आव्हानसहितको पत्र प्राप्त गर्नसाथ प्रधानमन्त्री चुनावको प्रकिया थाल्ने तयारीमा संसद्‌ सचिवालय छ ।

राष्ट्रपति भण्डारीले साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक साताको समय दिएकी थिइन् । व्यवस्थापिका–संसद्को बैठक सोमबार अपरान्ह तीन बजे राखिएको छ ।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले सोसम्बन्धी जानकारी सदनलाई गराएपछि प्रधानमन्त्री चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नेछिन् ।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिनेछन् ।

नेपाली काँग्रेस, नेकपा, माओवादी केन्द्र लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेका छन् ।

संसदमा कायम रहेको सांसद संख्याको बहुमत अर्थात २ सय ९८ जना सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनसक्ने अवस्था छ । कांग्रेस, माओवादी, मधेसी मोर्चासहितको गठबन्धन, राप्रपा तथा अन्यसमेत गरी तीन सय पचासभन्दा बढी संख्या नयाँ समिकरणको पक्षमा देखिएको छ ।

नेकपा एमालेले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन । सचिवालयले बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ ।

कांग्रेस र माओवादी केन्द्रले २५३ सांसदको हस्ताक्षरसहित गत असार २९ गते संसद्‌मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुनुअघि नै ओलीले राजीनामा दिएपछि मतदान स्थगित भएको थियो ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्