Logo
४ बैशाख २०८१, मंगलबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालमा कमिसन ऐजेण्टको यस्तो मोलमोलाई

birकाठमाडौं । बुधबार मात्र १२७ वर्ष पूरा भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको अस्तव्यस्तको कथा बेग्लै छ । वीर अस्पताललाई सरकारले भक्तपुरको दुवाकोटमा रहेको ७ सय रोपनी जग्गामा विस्तार गर्न लागेको छ ।

यही बेला गान्धीवादी चिकित्सक डा. गोविन्द केसीको आमरण अनसनले एमालेको कमाई खाने भाँडोको रुपमा परिणत हुन लागेको मनमोहन मेडिकल कलेज पनि सरकारले वीर अस्पतालमै गाभ्न खोजेपछि वीर अस्पताल र चिकित्सा क्षेत्रमा खुसी छाएको छ ।

तर, वीर अस्पतालभित्र भएको अनियमितता र भ्रष्टाचारले वीर अस्पताल आफै खोक्रो भएको चाहिं कसैले देखेका छैनन् । वर्तमान उपकुलपति गणेश गुरुङ, डिन योहनचन्द्र शिवाकोटी र सेवा आयोगका सचिव लक्ष्मण अर्याल र कमिसन एजेन्ट हिमालय तिवारी, विष्णु फुयाल, भक्तिमान सुब्बा, नबराज धिताल, भगवती थपलियालगायतले वीर अस्पताललाई दुहुनो गाई बनाइरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, स्वस्थ्य मन्त्रालय र लोक सेवा आयोगको पटक–पटक कर्मचारी नियुक्ति गर्दा सेवा आयोग र नियमभित्र रहि नियुक्ति गर्नु भन्ने निर्देशनको विपरित वीरका भ्रष्ट र कमिसन एजेन्टहरुको मिलेमतोमा शाखा अधिकृत देखि कार्यालय सहयोगीसम्म आफन्त, परिवार र पार्टी निकटका ६० जनालाई नियुक्ति गरी उनीहरुले तीन करोड कुम्ल्याएको स्रोतको दावी छ ।

‘परिक्षा शाखामा स्थायी कर्मचारी हुँदा हुँदै अस्थायी कर्मचारी नियुक्त गरी गुरुङ, शिवाकोटी र अर्यालको समूहले अघिल्लो वर्ष नर्सिङ र एमडी एमएसको प्रश्नपत्र विक्री गरी करोडौं कुम्ल्याएका थिए । यहि साउन १५ गते हुने एमडी एमएसको परिक्षामा पनि उनीहरुको समूहले प्रति प्रश्नपत्र ४० देखि ५० लाख बार्गेनिङ गरिरहेका छन् ।’–स्रोतले भन्यो ।

अर्याल र उनको समूह कम्तिमा १० करोड उठाउने अभियानमा लागेको छ । उनीहरुकै एजेन्टहरु भन्छन्–‘हामीलाई केही हुँदैन उक्त रकम अख्तियार र पार्टी मुख्यालय सम्म पुग्ने गरेको छ ।’ परिक्षाको एक दिन अगाडि प्रश्नपत्र दिन उपकुलपति गुरुङ, डिन शिवाकोटी, सचिव लक्ष्मण अर्याल र अर्यालका छोरा रोजनले एजेन्टहरु खटाएका छन् । गुरुङको समूहले अघिल्लो वर्षको परिक्षामा पनि एउटा विद्यार्थीको स्थानमा अर्कोलाई परिक्षा दिन लगाई पास गराएर रकम असुलेका थिए ।

भूकम्पको समयमा आफू निकट व्यपारीसँग हजारौं गुणा महंगोमा औषधी खरिद गरी कमिसन लिएका थिए । २०७२ असोजमा भएको सेवा आयोग परिक्षामा २५ जना परिक्षार्थीसँग पाँच लाखका दरले पैसा लिई उत्तर पुस्तिका नै परिवर्तन गरी परिक्षार्थी पास गराई करारमा नियुक्ति दिएका थिए ।

सेवा आयोगको डाक्टरको परिक्षामा पनि प्रति विद्यार्थी १० लाखका दरले पैसा लिई उत्तिर्ण गराएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्