Logo
२६ बैशाख २०८१, बुधबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदार पनि सरकारबाट फिर्ता, अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने (बिज्ञप्ती सहित)

Vijay Gachhdar

काठमाण्डौ । प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान एव भौतिक मन्त्रि रहेका विजयकुमार गच्छदार पनि सरकारबाट फिर्ता भएका छन ।

उपप्रधानमन्त्री गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

तीनकुनेस्थित दलको कार्यालयमा शनिबार साँझ बसेको बैठकले समर्थन फिर्ता लिदै संसदमा माओवादी र कांग्रेसले दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा उभिने समेत निर्णय गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले बताए ।

फोरम लोकतान्त्रिकले प्रेस बिज्ञप्ती समेत जारी गरेर सर्मथन फिर्ता लिएको स्पष्ट पारेको छ । ‘पार्टीले सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिएको छ,’ ‘हामी राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि खुला छलफल गर्न तयार छौं । अविश्वास प्रस्तावको पक्षमा भोट हाल्छौं ।’ प्रेस बिज्ञप्तीमा उल्लेख छ । संसदमा फोरम लोकतान्त्रिकको १४ सिट छ ।

Phoram

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्