Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशले अनुदानमा दिएको चामल एक कर्मचारी अवरोधले अनलोड भएन

treackकाठमाडौं । बंगलादेश सरकारले दिएको अनुदानको चामल लिएर आएका १७ वटा ट्रक नेपाल खाद्य संस्थानका एकजना सरुवा भएर गएका कर्मचारीका कारण खाद्य संस्थानमा अनलोड हुन सकेका छैनन् ।

नेपाल खाद्य संस्थानको विर्तामोड गोदाममा थन्काउन चामल लिएका आएका ती ट्रक संस्थानकै पूर्वस्टोर किपर यज्ञप्रताप अधिकारीले संस्थानमा काम गर्नेवाहेकका मजदुरलाई संस्थानको हाताभित्र प्रवेश गर्न नदिएपछि एक दिनमा बढीमा ६ वटा ट्रक मात्र अनलोड हुन पाएका छन् । आजको अन्नपूर्णमा समाचार छ ।

संस्थानका मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद जैसवालले हालै सरुवा भएर अन्यत्र गएका पूर्वस्टोर किपर अिधकासरीको असहयोगका कारण समयमा ट्रक अनलोड हुन नपाएको बताए ।

अधिकारी नेपाली कांग्रेस आवद्ध ट्रेड युनियन कांग्रेस झपाका अध्यक्षसमेत हुन् ।

बंगलादेशबाट चामल ढुवानीको जिम्मा लिएका ठेकेदार श्याम प्रसाइलेअधिकारीले बाहिरका मजदुर ल्याएर काम गर्न नदिएको भन्दै आफू मारमा परेको बताए ।

प्रकाशित मिति: Jul 19, 2016

प्रतिक्रिया दिनुहोस्