Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई थर्काउँदै देउवा र दाहालले भने- “बाटो खुला गरिदिनुस्..!”

pm meeting

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गर्न आग्रह गरेका छन् । आइतबार कानुन व्यवसायीसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले सोमबार साँझ देउवा र दाहालसँग छलफल गरेका हुन् । अविश्वास प्रस्तावको सामना गर्ने अडानमा रहेका प्रधानमन्त्री ओलीले सोमबार साँझ देउवा र दाहाललाई प्रधानमन्त्री निवास बालुवाटर बोलाएका थिए ।

छलफलको क्रममा प्रधानमन्त्री ओलीले संविधान अनुसार नयाँ प्रधानमन्त्री चयन गर्ने प्रावधान नभएको ले के गर्ने भन्दै प्रश्न गरेको स्रोतले जनाएको छ । माओवादी र कांग्रेस संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि नयाँ सरकार गठनबारे मत बाझिँदै आएको छ ।

सभापति देउवाले संविधानमा नयाँ प्रधानमन्त्री चयन गर्ने व्यवस्था भएको र संसदले नियमावलीले पनि त्यसको व्यवस्था गरेको बताएका थिए । देउवाले प्रधानमन्त्रीले राजीनामा गरेर नयाँ सरकार गठनको बाटो खुला गर्नु पर्ने धारणा राखेका थिए । ‘राजीनामा दिए तपाइ (प्रधानमन्त्री ओली) को लागि पनि सहज हुन्छ’ छलफलको क्रममा देउवाले भनेका थिए । त्यस नभएमा अविश्वासको प्रस्ताव आउने र त्यसै अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने देउवाले बताए।

प्रधानमन्त्रीले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन हुन नसक्ने बताउँदै आएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइ कांग्रेससँग मिलेर संसदमा अविश्वासको प्रस्ताव गर्दा गरेको छ । तर प्रधानमन्त्री ओलीले राजीनामा नदिने बरु अविश्वास प्रस्तावको सामना गर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्