Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले आत्मालोचना गरेपछि तीनजना शीर्षनेता एकतावद्ध भई अघि बढ्न सहमत

Mao-Meet-1

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेडक्वाटर बैठकमा आत्मालोचना गरेका छन् । सरकार परिवर्तनको निर्णय गर्दा संस्थागतरुपमा अघि नबढेको भन्दै पार्टीभित्र आलोचना भएपछि प्रचण्डले कमजोरी स्वीकार गरेका हुन् । आफ्नै निवास लाजिम्पाटमा आइतबार बसेको बैठकमा प्रचण्डले सरकारबाट बाहिरिने निर्णय गर्दा पार्टी पद्दतिअनुरुप संस्थागत निर्णय गर्ने कुरामा केही कमी कमजोरी भएको स्वीकार गर्दै आत्मालोचना गरेका हुन् ।

आइतबारको बैठकमा प्रचण्डले आत्मालोचना गरेसँगै पार्टीभित्रको विवाद अन्त्य भएको छ । आगामी दिनमा संस्थागत निर्णय गरेर अघि बढ्ने प्रचण्डले बैठकमा प्रतिवद्धता जनाएका छन् ।  निर्णय गर्दा पार्टीमा छलफल नभएको भन्दै नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतले अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । सरकारबाट बाहिरिने राजनीतिक निर्णयबारे पार्टीमा मतभेद देखिएको थियो । तर, यसमा बहस गर्दै जाने र पार्टीको निर्णयलाई एकतावद्ध भएर कार्यान्वयन गर्ने आइतबार सहमति जुटेको नेताहरुले दाबी गरेका छन् ।

पार्टीको संगठनात्मक विषयअन्तरगत पोलिटब्यूरो, सचिवालय लगायतलाई पूर्णता दिनबारे भने आइतबार छलफल भएन । यसबारे सोमबार विहान ८ बजे पुनः बस्ने बैठकमा छलफल हुने पार्टी नेता अग्नि सापकोटाकाले जानकारी दिए ।  आइतबारको बैठकले सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पास गराउन एकतावद्ध भएर लाग्ने निर्णयसमेत गरेको बताए ।

सापकोटाका अनुसार आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिघटनाको बि्रफिङ गरेका थिए । शनिबार संविधानविदहरुसँग भएको छलफलका विषयमा पनि अध्यक्षले बैठकमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: Jul 17, 2016

प्रतिक्रिया दिनुहोस्