Logo
१५ चैत्र २०८०, बिहीबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार गएपछि मन्त्री झण्डै बेहोस, सेटिङ भत्किएकोमा दुखमनाउ

dipak-bohoraकाठमाडौँ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका श्रम मन्त्री थिए दिपक बोहोरा । म्यापावरका दलालसँग सेटिङ गरेर करोडौ कमाउने ध्याउन्नमा लागेका मन्त्री बोहोरा यतिखेर सबैभन्दा बढी पीडामा रहेका छन् ।

कारण हो सेटिङ गरिएको सबै धन्दा चौपट हुने भयो भनेर । केपी ओलीको सरकार माओवादी केन्द्रको एकै झट्काका खरानी भएपछि बोहोरा झण्डै बेहोस भएको बताइन्छ । बोहोराले म्यानपावरका दलालहरुसँग मिलेर मोटो रकम उठाएका थिए ।

उनले केही ठूला म्यानपावरका दलालसँग मिलेर नेपाली युवा बेच्ने धन्दा संस्थागत गर्ने योजना समेत बनाएका थिए । तर सरकार नै गएपछि कमाउ धन्दा चौपटक भयो भन्दै बोहोराले आफ्ना निकटस्थहरुसँग गुनासो गरेको बताइन्छ ।

बोहोराले पछिल्लो पटक मलेसिया गएर त्यहाँका दलालहरुसँग पनि मिलेमतोमा धन्दा गर्ने योजना बनाएका थिए । मन्त्रीसँग मलेसिया गएका एक सरकारी अधिकारीकाअनुसार उनी नेपालका मन्त्री हुन् कि दलालका मतियार नै छुट्याउन सकिएन । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्