Logo
१३ बैशाख २०८१, बिहीबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन धाइरहन्छन नारायणकाजी बालुवाटार ?

narayan kajiकाठमाडौं । नारायणकाजी श्रेष्ठ अनौपचारिक रुपमा बालुवाटार गइरहन्छन् । प्रधानमन्त्रीलाई भेट्न होइन केपी शर्मा ओलीलाई भेट्न श्रेष्ठ जाने गरेको उनी निकट स्रोतले बताएको छ ।

केपी ओली प्रधानमन्त्री नबन्दै पनि उनी बालकोट बाक्लै जाने आउने गर्दथे । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा विदेशी राजदूतलाई छाडा छाड्नु नहुने भन्दै चालेको कदमको ओली प्रशंसक थिए ।

‘म पनि धेरै पटक मन्त्री भएँ, तर तपाईंले जस्तो साहसी कदम चाल्न सकिन’ भन्दै ओलीले प्रम बन्नुअघिदेखि नै नारायणकाजी श्रेष्ठको प्रशंसा गर्ने गरेको नारायणकाजी निकट स्रोत बताउँछ । कतिपय ठूला निर्णय गर्ने बेलामा ओलीले आफूसँग सल्लाह लिने गरेको पनि श्रेष्ठ सगर्व बताउँछन् ।

‘यही सरकार टिकाउन नारायणकाजी श्रेष्ठ सक्रियतापूर्वक लागिरहनुभएको छ तर प्रचण्डको के–हो, के–हो ?’ बालुवाटार निकट स्रोतले बतायो । पार्टीभित्र खासै प्रभाव नभए पनि नारायणकाजीले बाबुरामले जस्तै आफ्नो अस्तित्व देखाउन बाहिर खेल्ने गर्छन् । आजको समयबद्व साप्ताहिकमा खबर छ ।

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्