Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शशांक बिरामी हुनुको मुख्य कारण यस्तो पो ! 

shashank-in-hospital

काठमाण्डौं  । गत फागुनको पार्टी महाधिवेसनमा डा.सशांक कोइराला महामन्त्रीको उम्मेदवार बनेपछि विपक्षीहरुले उनीमाथि मदिराको कुलतमा परेको भन्दै आलोचना गरेका थिए ।

त्यसबेला नेपाली कांग्रेसका उनका निकटस्थहरु ‘उहाँले मदिरा छाडेको एक वर्ष भइसक्यो’ भन्थे । त्यो भनाइबाट डा. शशांक कोइरालाले मदिरा छाड्ने प्रयास त्यही बेलादेखि सुरु गरिसकेको बुझ्न सकिन्छ ।

उपचार चलिरहेको बेला स्वास्थ्यमा यत्रो समस्या किन आयो ? उपचार पद्धतिको साइड इफेक्ट थियो ? या उनको यहीबीचमा मदिरा सेवन गरे ? ‘पार्टीका कार्यक्रममा जिल्ला दौडाहा शुरु भएसँग धपेडीमा उनले मदिरा सेवन शुरु गरे’, नाम उल्लेख गर्न नचाहने अर्का एक नेता भन्छन्, ‘अनि उनको स्वास्थ्यमा यत्रो समस्या आयो ।’

उपचारका क्रममा उनको कलेजोमा इन्जाईम बढेको भेटिएको थियो । डा.कोइरालाको मदिराप्रेमबारे परिवारका सदस्य र पार्टीका नेता–कार्यकर्तादेखि उनलाई चिन्नेसम्म जानकार छन् ।

पारिवारिक जीवनमा धेरै असर परेपछि उनले कैयौं पटक मदिरा त्याग्ने प्रयास पनि गरे । केही समय छाड्ने र फेरि शुरु गर्ने रुटिन जस्तै बनेको थियो । हिमाल साप्ताहिले खबर छापेको छ । शशांक बिरामी हुनुको मुख्य कारण मदिरा भएको निकटका एक नातेदारले भने ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्