Logo
१५ चैत्र २०८०, बिहीबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्दर रजनीको कालोधन्दा: बालबालिका तस्करी गरेको अभियोगमा पक्राउ

Rajani

काठमाडौं । सांस्कृतिक आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ । नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छाडेको अभियोगमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले मानव ओसारपसार तथा बेचबिखन ऐनअन्तर्गत थप कारवाहीका लागि श्रेष्ठलाई शनिबार हिरासतमा लिएको हो ।

परिसरले अनुसन्धानका लागि हाजिरी जमानीमा राखेकी श्रेष्ठलाई थप प्रमाणका आधारमा हिरासतमा लिएको हो । परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले थप अनुसन्धानका लागि श्रेष्ठलाई हिरासतमा लिएको पुष्टि गरे । उनले घटनापछि प्रहरीको नियमित सम्पर्कमा रहेकी श्रेष्ठका बिरुद्ध थप प्रमाण जुटाउन हिरासतमा लिनु परेको बताए । उनले भने ‘घटनाका विषयमा थप प्रमाण र आधार भेटिएका छन, कानुन अनुसार अनुसन्धान हुन्छ। ’

समर स्कुलका लागि भनेर अमेरिका पुर्याइएका नाै बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका पछि बेपत्ता देखिएपछि अध्यागमन विभागले प्रहरीलाई असार १६ गते पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्