Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालीको भान्सामा रुसको धनियाँदेखि कोरियाको लसुनसम्म !

bunchcilantroकाठमाडौं । नपत्याउनुहोला, हाम्रो भान्सामा मगमगाउने धनियाँ रुसबाट आइरहेको छ । फूल उठाएर खाने मुरली मकै अर्जेन्टिनाबाट । लसुन कोरियाबाट । च्याउ फ्रान्सबाट । बेल्जियमबाट बटर । केन्याबाट कफी । चिलीको ट्राउट माछा । bunchcilantro

यो त थोरै उदाहरण मात्र हुन्, नेपालमा ठूलो मात्रामा खाद्यवस्तु आयात गरिन्छ । तीमध्ये धेरै वस्तु भारत, चीनजस्ता छिमेकी मुलुकबाट मात्र होइन, निकै परका मुलुकबाट समेत ल्याइने गरेको छ ।

बेल्जियम, कोरिया चिलीलगायतबाट मात्र होइन, तान्जानिया, मदगास्करजस्ता मुलुकबाट समेत नेपालमा खाद्यवस्तु आयात हुन्छन् । हामीले कमै नाम सुनेका केही सूक्ष्म मुलुकबाट समेत नेपालमा खानेकुरा भित्रिन्छन् । इथोपियाको सिमी हाम्रो भान्सामा पाकेको हामी पत्तै पाउँदैनौ ।

हिन्द महासागरको सानो छापु मुलुक कोमोरोस, आयरल्याण्ड र बेलायतको बीचमा पर्ने आइस फ म्यान मात्र होइन, दक्षिण पश्चिम युरोपेली सूक्ष्म मुलुक एन्डोराबाट पनि नेपालमा खाने कुरा भित्रिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्