Logo
८ बैशाख २०८१, शनिबार
(July 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक सातामै तरकारीको भाउ सतप्रतिशत वृद्धि

vegetable

 

 

 

काठमाडौं । वर्षा बढेसँगै उपत्यकामा तरकारीको भाउ बढेको छ । एक सातामै केही तरकारीको भाउ सतप्रतिशत वृद्धि भएको छ । तर, सरकारले मूल्य नियन्त्रणका लागि कुनै कदम चालेको छैन ।

एक साताको अवधिमा सबैभन्दा धेरै हरियो खुर्सानीको मूल्यवृद्धि भएको छ । साताअघि (११ असार) ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी शनिबार १ सय ५५ रुपैयाँमा बिक्री गरियो । ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तिते करेला र घिरौँला शनिबार क्रमश : ८० र ७० रुपैयाँमा बिक्री भएको थियो ।

सरकार, व्यवसायी र नियमनकारी निकायले बर्खामा तरकारी नष्ट हुने र अहिले भएको ढुवानी अवरोधले मूल्य बढेको बताएका छन् । तर, मूल्य नियमनका लागि कुनै पहल गरेका छैनन् । अनुगमन र मूल्य नियमनको जिम्मेवारी लिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले अहिले मूल्य बढ्ने समय भएको भन्दै नियमनको पहल नथालिएको बताए ।

‘अहिले बर्खा, ढुवानीमा भएको अवरोध र बेमौसमका कारण केही तरकारीको भाउ बढ्छ,’ उनले भने, ‘यसपटक मात्रै बढेको पनि होइन, प्रत्येक वर्ष यो समयमा तरकारीको भाउ बढ्ने गरेको छ ।’ बजारले मूल्य निर्धारण गर्ने भन्दै उनले नियमनको पहल नथालिएको पनि बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्