Logo
१३ बैशाख २०८१, बिहीबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा ३६ वर्षपछि धेरै वर्षा

rain

काठमाडौं । काठमाडौं उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा भएको छ । उपत्यकामा बुधबार बिहान ८ः४५ देखि बिहीबार बिहान ८ः४५ सम्मको २४ घन्टामा ९५ मिलिमिटर वर्षा भएको छ ।

उपत्यकामा वर्षा भएको २४ घन्टाको रेकर्ड २७ जेठ ०३७ को २४ घन्टाको भन्दा केही कम हो । सो वर्षको २४ घन्टामा १०० दशमलव १ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको तथ्यांक छ ।

उपत्यकामा यस वर्षको मनसुन सुरु भएको २८ जेठदेखि बिहीबारसम्म कुल ३९५ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए । महाशाखाका अनुसार यसअघि मनसुन सुरु भएपछि उपत्यकामा सामान्यतः २३६ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेको थियो ।

सुवेदीका अनुसार यस वर्ष पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउामा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ ।नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्