Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन नमाने मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यसहितका मन्त्रालय एवं निकायलाई पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड बनाएर लागू गर्न आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि छानबिन थाल्ने भएको छ ।
छानबिनपछि निर्देशन उल्लघंन गर्ने मन्त्रीसहितका पदाधिकारीमाथि भ्रष्टाचारमा मुद्दा चलाउने चेतावनीसमेत अख्तियारले दिएको आजको अन्नपूर्णमा समाचार छ । 
 स्वास्थ्यलगायत विभिन्न मन्त्रालय र मातहतका निकायमा पदाधिकारी नियुक्तिका लागि नयाँ मापदण्ड तय गर्न आयोगले एक महिनाअघि दिएको निर्देशन कार्यान्वयन गर्न मन्त्रीले आनाकानी गर्दै आएका छन् ।
आयोगले पदाधिकारी नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०६७ सालमा स्थापित नजिर पालना गर्दै उक्त निर्देशन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिएको थियो ।
अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले कानुनबमोजिम दिएको सुझाव वा निर्देशन कार्यान्वयन नगरेको अवस्थामा समबन्धित व्यक्तिमाथि छानविन गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बताए ।

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्