Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनिषाले आत्महत्या गरेको तथ्य: पोलिग्राफ परीक्षणमा पुष्टि !

काठमाडौं । फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी मनिषाको मृत्यु प्रकणमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण चौधरी ‘आशिष’ चौधरीले झुठो नबोलेको भेटिएको छ । योसँगै मनिषाले आत्महत्या गरेको तथ्य बनेको छ । बुधबार प्रहरीले पत्रकार सम्मेलन गर्दै आशिषको पोलिग्राफ परीक्षण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको रिपोर्टमा उनले बताएको कुरा झुठो नभएको प्रारम्भिक रिपोर्ट आएको प्रहरीले बताएको हो ।
अनुसन्धान अधिकृत प्रकाश सापकोटाले भने, ‘पोलिग्राफको प्रारम्भिक रिपोर्टमा आशिषले अहिलेसम्म बोलेको कुरा साँचो रहेको पाइयो ।’ उनले उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नआएको उनले बताए । तर, अनुसन्धान अझै नटुंगिएको बताउँदै उनले अनुसन्धान अझै जारी रहेको बताए ।
यसअघि पोष्टमार्टम रिपोर्टमा पनि ‘ह्यांगिङ’ (झुण्डिएको) रिपोर्ट आएको थियो । काठमाडाँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण रिपोर्ट पनि मंगलबार प्रहरीलाई बुझाएको थियो । आशिषसंग पोलिग्राफ परिक्षणमा ५ घन्टा लगाएर ११ वटा प्रश्नहरु सोधिएका थिए ।
मनिषाको रहस्मय मृत्यृका घटना सत्यपत्ता लागउन पोष्टमार्टमका लागि काठमाण्डौ पठाइएको शवको पोष्टमार्टम रिपोर्टले झुण्डिएको देखाएकोे छ ।  मनिषाले आफै झुन्डिएको वा आशिषले झुन्डाएको भन्ने रिपोर्टबाट पुष्टि हुन सेकेको छैन । 
पोष्टमार्टम रिपोर्ट दुविधा भएको कारण आशिषले मनिषाको हत्या नै गरेको भने प्रमाणित हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट गत १२ गते बुधबार साँझसम्म कल रेक्रडमा मनिषाले आशिषलाई १,१६ र आशिषले मनिषालाई १०२ पटक फोन गरेको देखिएको छ । 
गत १२ गते बुधबार आशिषले मनिषालाई पटक–पटक फोन गर्दा फोन नलागेको र आशिषले मनिषाकी साथी शिलुलाई फोन गरी मनिषालाई भन्देउ आज जेपनि हुन्छ भन्ने आशिषले दिएको ब्यान प्रहरीले सार्वजनिक गरेको छ । बुधबार साँझ मनिषाले आशिषलाई फोन गरि घर बोलाउँदा आशिषले रक्सी सेवनगरि पुगेपछि मनिषाले रक्सी खाएको भन्दै आशिषको गालामा एक झापड हानेपछि आशिषले मनिषालाई पनि एक झापड हानेका थिए । 
उनीहरुले विगतमा दिएको गिफ्ट फर्काउने कुराले विवाद भई घरभित्रै कुटपिट भएको प्रहरी अनुसन्धानमा देखिएको छ । कुटपिट पछि आशिष बाहिर बरान्दामा आएर सुते । राती ११ बजे निन्द्रा खुलेपछि फेरि घरमा फर्केर जाँदा मनिषा झुन्डिको देखे । उनले घाँटीमा रहेको सल फुकाएर मनिषालाई अर्काे कोठामा सुताएर र आफु घर फर्केका थिए । मनिषाको घाँटीको पासो मनिसाले आशिषलाई गिफट दिएकी थिईन् । पछि, घाँटीको पासो आशिषले हाईवेको एक कल्वर्टमा लगेर फालेका थिए ।
घटनाको सत्यतथ्य अनुसन्धाका लागि रगत स्याम्पलको रिपोर्ट र भिसेराको रिपोट अझै आउन बाँकी रहेको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीले बताए । घटनाको पोष्टमार्ट रिपोर्ट र पोलिग्राफ रिपोर्टले हत्या तथा आत्महत्याको पुष्टि हुन नसकेको कारण प्रहरीले अझै थप अनुसन्धान गर्ने बताएको छ ।

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्