Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री पासवानलाई त्रिविबाट एयर एम्बुलेन्समा दिल्ली लाने तयारी

काठमाडौं । स्वास्थ्यमा अचानक समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भइरहेको छ।
पाचन प्रणालीमा समस्या देखिएका मन्त्री पासवानको प्याङ्क्रियाज सुन्निएको र खाएको कुरा नपच्ने समस्याका कारण उनी ५ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए।
आइतबार साँझै लैजाने भनिए पनि मौसमकै कारण दिल्लीबार एयर एम्बुलेन्स आउन सकेको थिएन।
मन्त्री पासवानलाई एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पतालमा थप उपचारका लागि केही बेरमै लैजाने तयारी भइरहेको मन्त्री पासवानका स्वकीय सचिव रोशन पासवानले बताए। 
उपचाररत मन्त्री पासवानलाई भेट्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एयर एम्बुलेन्सबाटै उनलाई दिल्लीको मेदान्त अस्पतालमा लैजान सुझाएको उनले जनाकारी दिए। 
मन्त्री पासवानलाई दिल्लीबाटै आउने एयर एम्बुलेन्समा लैजाने तयारी भइरहेको उनले जानकारी दिए। ‘नेपालतर्फको खराब मौसमका कारण पुअर भिजिविलिटी (कमजोर दृष्यता) भएपछि एयर एम्बुलेन्स दिल्लीबाट आउन सकेको छैन’ उनले भने। 
आइसियुमा रहेर उपचार गराइरहेका मन्त्री पासवानलाई चिकित्सकको टोलिसहित आउने एयर एम्बुलेन्समै मेदान्त अस्पताल लैजान चिकित्सकहरुले सुझाएको स्वकीय सचिवले बताए । #फाइल फोटो 

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्