Logo
१५ बैशाख २०८१, शनिबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहारका पुर्व मुख्यमन्त्रीले भने –‘नेपालको संविधान हेरेको छुइन’


जनकपुरधाम । भारत स्थित बिहारका पूर्व मुख्यमन्त्री जीतनराम माझीले आफुले नेपालको संविधान नहेरेको बताएका छन् । पिछडिएका वर्गहरुसँग विभेद गरिएको आरोप लागि रहेकोबेला पूर्व मुख्यमन्त्री माझीले संविधान अध्ययन नगरेकोले कुनै टिप्पणी नगर्ने उल्लेख गरे । 
मंगलबारदेखि जनकपुरमा सुरु भएको नेपाल राष्ट्रीय मुसहर उत्थान समाजको राष्ट्रीय सभा तथा प्रथम महाधिवेशन कार्यक्रममा बोल्दै माझीले आफ्नो अधिकार सुनिश्चित गर्न मुसहर समुदाय एक हुनुपर्नमा जोड दिए । मुसहर समुदाय अझै आर्थिक र सामाजिक रुपले पिछडिएको रहेको भन्दै शिक्षाको स्तर वृद्धि गरेर अगाडी बढ्न सकिने उनले बताए ।
विभेद हरेक मुलुकमा हुने गरेको बताउँदै माझीले शिक्षा, संगठन र संघर्षबाट विभेदलाई परास्त गर्न सकिने स्पष्ट पारे । नेपालको मुसहर समुदायको उत्थानकालागि आफु नेपाल सरकारसँग आग्रह गर्ने माझीले बताए । भारतमे बेरोजगार तथा विपन्न् वर्गका लागि सरकारले बेरोजगारी भत्ताको व्यवस्था गरेको भन्दै नेपालमा पनि यस्तो व्यस्था गर्नु पर्नेमा माझीले जोड दिए ।
मुहसर जातिको कुलदेवता दिनाभद्रीको डिह संरक्षण गर्न माझीले नेपाल सरकारसँग आग्रह गर्ने आश्वासन दिएका छन् । कार्यक्रममा बोल्दै मुहसर समुदायका अगुबाहरुले जातीय भेदभावका कारण मुसहर समुदाय पछाडी परेको आरोप लगाए । 
समतामूलक समाज निर्माण गर्न संवैधानिक व्यवस्था रहेपनि व्यवहारमा लागु हुन नसकेको उनीहरुले बताएका छन् । महाधिवेशनमा नेपाल तथा भारतका ५ हजार भन्दा बढी मुसहर समुदायको उपस्थिति रहेको थियो । पत्रकार धैर्यकान्त दत्तको सहयोगमा 

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्