Logo
१५ बैशाख २०८१, शनिबार
(June 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयव्यय नबुझाउने कम्युनिष्टदेखि शिवसेना सहित २० दल खारेजीमा

काठमाडौं । लगातार तीन वर्ष आयव्यय नबुझाउने २० दल खारेजीको प्रक्रियामा पुगेका छन् । आर्थिक वर्ष २०७१/७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्रियामा गएका हुन् । 
निर्वाचन आयोगले पटक पटक पत्र पठाएर आयव्यय विवरणको लेखापरीक्षण प्रतिवेदन माग गर्दा समेत अटेर गरेपछि प्रक्रिया अगाडि बढाइएको हो । आयोगमा दर्ता रहेका दलले प्रत्येक वर्षको आम्दानी खर्चको प्रतिवेदन बुझाउनु पर्ने कानुनी प्रावधान छ । 
तर, राजनीतिक दलले तोकिएको समयमा आफ्नो आयव्यय विवरण बुझाउने गरेका छैनन् । खारेजी प्रक्रियामा रहेका राजनीतिक दल निष्क्रिय छन् । कतै नाम नसुनिने, गतिविधि नगर्ने अस्तित्वमा नरहेका साना दल छन् । 
१० हजार जनाको हस्ताक्षर बुझाएर दल दर्ता भएपनि ती दलको नाम जनताले कहिल्यै सुन्न पाएका छैनन् । तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउने दलमा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सबादी), नव नेपाल निर्माण पार्टी, राष्ट्रिय शिवसेना, हरियाली नेपाल पार्टी, ओम सेना नेपाल पार्टी, नेपाल जनएकता पार्टी लगायत छन् । 
निर्वाचन आयोगले तीन वर्ष आयव्यय नबुझाउने पार्टीलाई एकपटक भने मौका दिने बताएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्