Logo
१५ बैशाख २०८१, शनिबार
(June 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इराकमा १२ नेपाली मारिएको १२ वर्षपछि काबुलमा १२ नेपालीको मृत्यू !


काठमाडौं ।
 सन् २००४ मा १२ नेपालीले इराकमा अनाहकमा ज्यान गुमाउनु परेको थियो, त्यसको ठीक १२ वर्षपछि अफगानिस्तानको राजधानी काबुलमा तालिवानी विद्रोहीको बम आक्रमणबाट १२ नेपालीको मृत्यु भएको छ ।

सोमबार बिहान नेपाली सुरक्षागार्ड सवार मिनिबसमा भएको आतंकवादी हमलामा १४ जनाको मृत्यु भएको छ । मृतकमध्ये १२ जना नेपालीको पुष्टि भएको छ भने सातजना घाइते भएका छन् । ‘१२ जना नेपाली सुरक्षागार्डको मृत्यु भएको छ, घाइतेहरू खतरामुक्त हुनुहुन्छ,’ अफगानिस्तानसमेत हेर्ने पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूत तीर्थ अर्यालले सोमबार साँझ टेलिफोनमा भने ।
मृत्यु भएका दुईजना नेपालीजस्तै अनुहार रहे पनि भारतीय नागरिक रहेको अनुमान छ । तर, पुष्टि हुन सकेको छैन । मारिएका र घाइते नेपाली सुरक्षागार्ड काबुलको वाजिर अकबर खान स्ट्रिट नम्बर १५ स्थित क्यानेडियन दूतावासमा कार्यरत थिए ।
इराककाण्डपछिको ठूलो घटना 
१६ भदौ २०६० को इराकमा नेपाली कामदारको सामूहिक हत्या भएपछि ठूलो संख्यामा एकैपटक नेपाली मारिएको यो पहिलो घटना हो । इराकमा १२ जना नेपालीलाई आतंककारीले हत्या गरेका थिए ।
मृतक सबै निजी कम्पनीमा कार्यरत 
तालिवानी हमलामा परेका नेपाली सुरक्षागार्ड सावर इन्टरनेसनल नामक निजी सुरक्षा कम्पनीमा कार्यरत थिए । सावरको वेबसाइटमा उसले इराकलगायत द्वन्द्वग्रस्त अन्य मुलुकका विभिन्न दूतावासमा समेत सुरक्षागार्ड उपलब्ध गराउँदै आएको उल्लेख छ ।
सावरले पाकिस्तानस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले मृतक र घाइतेको विवरण सार्वजनिक गरेको हो । नेपालीहरू फरक–फरक मितिमा त्यहाँ गएको परराष्ट्रले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jun 22, 2016

प्रतिक्रिया दिनुहोस्