Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पक्राउ पर्ने सम्भावनाका कारण प्रचण्डको अष्ट्रेलिया भ्रमण रद्द भएको खुलासा !


काठमाडौ । पक्राउ पर्ने सम्भावनाका कारण प्रचण्डको अष्ट्रेलिया भ्रमण रद्द भएको खुलासा भएको छ । समाचार श्रोतले भन्यो ‘बुधवार १२ बजेको लागि तय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साताब्यापी अष्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर रहस्यमय तरिकाबाट स्थगित भएको हो ।’
श्रोतका अनुसार प्रचण्डले भ्रमण स्थागित गर्नुको आन्तरिक कारण भने अर्कै रहेको छ । उनी निकट स्रोतका अनुसार प्रचण्डका विरुद्ध अष्ट्रेलियाको उच्च अदालतमा द्धन्दकालिन मुद्दाहरु परेका छन । उनी विरुद्ध २०५३, २०५९ र २०६१ सालका दोरम्बा, बादरमुढे र लमजुङका शिक्षक मुक्ती अधिकारीको हत्या काण्डको विषयमा मुद्दा परेको छ । 
मुद्दा चलिरहेको बेला प्रचण्ड अष्ट्रेलिया पुगे त्यहाँको कानून अनुसार उनलाई पक्राउ गरेर मुद्दा चलाउनु पर्ने हुन्छ । त्यसैकारण उनले यो तथ्य थाहाँ पाएपछि अन्तिम समयमा आएर भ्रमण स्थागित गरेका हुन । नेपालमा सत्य निरुपण तथा मेलमिलाप आयोगले द्धन्दकालिन मुद्दा हेरिरहेको अवस्थामा त्यहाँबाट निष्कर्स ननिकालुन्जेलसम्मकोलागि जान उपयूक्त नहुने माओवादीले ठहर गरेको छ । 
विशेष गरेर सोही दिन विहान प्रचण्डले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि भ्रमण स्थागित गरिएपछि राष्ट्रिय सहमतिको सरकार गठनको खिचडी पाक्न थालेको र सोही कारण उनले अन्तिम समयमा भ्रमण स्थागित गरेको खवरहरु बाहिर आएको थियो । 
यसअघि द्धन्दकालिन मुद्दामै नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेका छन । मानवअधिकारको मुद्दाको क्षेत्राधिकार विश्वब्यापी हुने र बेलायत, अष्ट्रेलिया र क्यानडा जस्ता मुलुकमा त्यस्त सम्बन्धि कानून कडा रहेकोले पनि प्रचण्ड पछि हटेको बताईएको छ ।

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्