Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाउण्डको मूल्य अहिलेसम्मकै कम, बेलायत इयूबाट बाहिरियो !


लण्डन । बेलायत युरोपेली युनियनबाट बाहिरिने भएको छ । बिहिबार गरिएको ऐतिहासिक जनमतसंग्रहमा छाड्नुपर्छ भन्नेहरुले ५२ प्रतिशत मत हासिल गर्दै ४३ वर्ष पछि युनियनबाट अलग हुने भएको हो ।

लण्डन र स्कटल्याण्डले सशक्तरुपमा रहनुपर्छ भन्दै मतदान गरेपनि उत्तरी बेलायतले भने छाड्नुपर्छ भन्ने मत व्यक्त गरेका थिए । वेल्स र लण्डनबाहिरका धेरैले छाड्नुपर्छ भन्नेमा मतदान गरेका थिए ।
मत परिणामसँगै डलरको तुलनामा पाउण्डको मूल्य सन् १९८५ पछि सबैभन्दा तल खस्किएको छ । करिब ७१.८ प्रतिशतले मतदानमा भाग लिएका थिए जसमा ३ करोडभन्दा बढीले मतदालन गरेका थिए । सन् १९९२ को मतदानपछिको सबैभन्दा बढी उपस्थिति हो ।
युकेआइपीका नेता नाइजेल फारागेले यो नजितालाई बेलायतको ‘स्वतन्त्रता दिवस’ को संज्ञा दिएका छन् । उनले पछिल्ला २० वर्षदेखि बेलायत युरोपेली युनियनबाट अलग हुनुपर्ने अभियान चलाउँदै आएका थिए ।
योसँगै प्रधानमन्त्री डेभिड क्यामरुनको पद पनि धराप परेको बताइएको छ । यद्यपि, उनलाई जस्तो नतिजा आए पनि पदमा रहनुपर्ने सुझाव पनि आएका छन् ।
जनमतसंग्रले स्पष्ट रुपमा स्कटल्याण्ड युरोपेली युनियनमा रहन चाहेको देखाएको छ जसमा ३२ क्षेत्रमा रहनुपर्नेको बहुमत देखिएको थियो । लण्डनमा पनि ६० प्रतिशत रहनुपर्नेमा मत व्यक्त गरेका थिए । बेलायत अन्य क्षेत्र यसको विपक्षमा उभिए । 
यसले लण्डन र अन्य क्षेत्रमा रहेको समाजिक भिन्नता उजागर गरेको विज्ञहरुले बताएका छन् । युरोपेली युनियनको गठनपछि संगठन छाड्ने बेलायत पहिलो राष्ट्र बन्नेछ । तर, जनमतसंग्रह हुने बित्तिकै बेलायतले युनियन छाड्ने भन्ने होइन ।
यो प्रक्रिया पूरा हुन कम्तिमा २ वर्ष लाग्नेछ । छाड्नुपर्छ भन्नेहरुले गर्नुपरेको संघर्षको आधारमा यो कार्यान्यवन हुन कम्तिमा २०२० सम्म लाग्नसक्छ । जति बेला अर्को चुनाव हुने बताइएको छ । प्रधानमन्त्रीले अब लिजबन संन्धिको धारा ५० लाई सक्रिय गर्नुपर्नेछ । यसमा बेलायतलाई बाहिरनका लागि दुई वर्ष छलफल गर्नुपर्नेछ ।
एकपटक धारा ५० लाई सक्रिय गरेपछि बाँकी सदस्य राष्ट्रहरुको अनुमति बिना युनियनमा फर्कन पाउनेछैन । जनमतसंग्रहपछि क्यामरुनले तत्कालै धारा ५० प्रगोग गर्ने बताएपनि छाड्नुपर्छ भन्ने अभियान चलाउने बोरिस जोनसन र माइकल गोभले भने यसमा हतारिनुनहुने बताएका छन् ।

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्