Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिले सिलान्यास गरेका ढुंगा हराए, ‘हात्ती आयो हात्ती आयो फुस्सा’

काठमाडौं ।  आफ्नै गाउँलाई केन्द्र बनाएर गतबर्ष वैशाख १२ गतेको भूकम्पले हानेपछि बारपाक ४ सोर्तका गोपाल विश्वकर्माको घर भुइँमा मिल्यो । विश्वकर्माको घरसँगै बारपाकका  १४ सय ७० घर भत्किए माटोमा मिले ।
विश्वकर्मा अरु भूकम्प पीडित जस्तै चोया, चित्राले बारेर र त्रिपाल ओढाएर सानोतिनो टहरो ठड्याए । यही टहरोभित्र उनको तीन जनाको परिवारले वर्षदिन बिताए । आजको अन्नपूर्णमा समाचार छ ।
एक बर्षपछि त्यही दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारी सेनाको हेलिकोप्टर चढेर बारपाक पुगिन् । भुकम्प गएको  ११ बजेर ५६ मिनेटकै घडीपला मिलाएर पण्डित ईश्वरीप्रसाद रेग्मीले वेदका ऋचा पढे ।
राष्ट्रपतिले गोपालको घरको जग पूजा गरिन्, जगमा ढुङ्गा राखिन् र साबेलले सिमेण्ट राखेर सिलान्यास गरिन् ।
केहीबेरपछि राष्ट्रपतिकै रोहोबरमा सार्वजानिक समारोहका बीच दुईलाख रुपैयाँ अनुदान पाउने सम्झौता पनि भयो । गाविस सचिव चेतनाथ अम्गाईले उनलाई सम्झौता पुस्तिका हस्तान्तरण गरे । यो घटनाले गोपालको मात्रै होइन, सारा गाउँलेले अब छिट्टै आफूहरुको घर बन्ने सपना देखे ।
४५ दिनपछि बारपाकको उनको टहरामा पुग्दा राष्ट्रपतिले सिलान्यास गरेको जगको खाल्डो रित्तै थियो । राष्ट्रपतिले पूजा गरेर राखेका ढुङ्गाहरु पनि त्यहाँ थिएनन् । पानी पर्दा भल पसेर आधाआधी जग माटाले पुरिएको थियो । घर बन्नु त परको कुरा आजसम्म भग्नाबशेषको सतह सम्याइएको पनि थिएन । पूजा गरेका अरु ढुङ्गाहरु कता पुगे, एउटा चाहिँ जोगाएर घरभित्रै छोपेर राखेको गोपालले बताए ।
जगभन्दा १५ मिटर पर उनको त्रिपालले बनाएको छाप्रो छ । छाप्रोभित्र श्रीमती कुमारी र छोरा सुजन बस्छन् ।
‘राष्ट्रपति आयो, घर सिलान्यास गर्यो । क्यास पैसा पनि दिएको होला । अब गोपाल बिकको घर त बन्ने भो भनेर गाउँभरि बयान भयो’ गोपाल भन्छन् ‘तर केही भएन । तपाईं हेर्न चाहनुहुन्छ भने मसँग त्यो सम्झौतापत्र मात्र छ ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्