Logo
८ बैशाख २०८१, शनिबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीद्वारा कब्जा घरजग्गा अझै फिर्ता भएन

Maobadi-Jagga-Kabja

संखुवासभा । माओवादीले सशस्त्र द्वन्द्वका क्रममा कब्जा गरेको घरजग्गा अझै पनि फिर्ता हुन सकेको छैन ।

बृहत शान्ति सम्झौता गरी सशस्त्र द्वन्द्व अन्त्य भएको एक दशक बित्न लागेपनि संखुवासभाका विभिन्न ठाउँमा तीन हजार रोपनीभन्दा बढी जग्गा अझै पनि माओवादीकै कब्जामा छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

कब्जा जग्गा फिर्ता दिन माओवादीसँग पटक पटक माग गर्दा र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि अझैसम्म जग्गाको स्वामित्व लिन नसकेको पीडित जग्गाधनीले बताएका छन् ।

जिल्लाको स्याबुन ३ र ४ मा रहेको सुन्दर अलैची प्रालिको एक हजार दुई सय रोपनीभन्दा बढी अलैंचीबारी झै पनि माओवादी कब्जामै छ ।

त्यहाँबाट उत्पादित अलैंची माओवादीका नाममा केही व्यक्तिले लिँदै आएका छन् ।

चैनपुर १० का पीडित रामेश्वर श्रेष्ठले आफ्नो चैनपुर ८ भन्ज्याङखर्कमा ५० रोपनी खेत, २७ मुरी ठेक्का आउने धानखेती, जलजला ९ बाबुनमा आँप, लिची र धानखेती, स्याबुन– ५ कुसुवा डाँडागाउँमा धानखेती अझै कब्जामा रहेको बताए ।

आफूले राजस्व तिरेको र आफ्ना नाममा रहेको नम्बरी जग्गा तत्काल फिर्ता दिन उनले माग गरे ।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्