Logo
१३ बैशाख २०८१, बिहीबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पढनुस् यी ठुलाबडाको अपत्यारलाग्दो भित्री कुरा !

1289608977

विचरा पुर्वराष्ट्रपति – राष्ट्रपति र उपराष्ट्रपति घोषणा गरिए अनुसार सरसुविधा उपलब्ध गराउन नसक्ने यो सरकारले अरु आम नेपाली जनताको सरसुविधा कसरी उपलब्ध गराउन सक्ला ? अझ ३० वर्षपछि कति थप्ने हुन् र कसरी सुविधा उपलब्ध गराइने हो भनी आम बुद्धिजिवीबीच चर्चा छ । बिचरा डाक्टर भने कराएको कराई छन् ।

ओली, सुजाता उस्तै उस्तै 
ओलीको सपनाका कुराहरु विपनामा सुनेर दङ्ग पर्नेहरु ओली निकटका मान्छेहरु मात्रै होइनन् । कांग्रेसका सुजाता चरित्रका मान्छेहरु पनि हुँदारहेछन । सुजाताले एउटा सार्वजनिक समारोहमा ओलीको सपनाको तारिफ गरिन तर ओलीले लाउडा, धमिजा, कलवाइपास जस्ता आर्थिक अपराधका कुरा नगर्दा पनि सुजातालाई ओली किन मन पर्यो भन्नेहरु धेरै देखिए ।

कांग्रेसमा महत दाजुभाई
पि.आर.धारी डा. रामशरण महत र भाई प्रकाशशरण महत कांग्रेसमा पसेर मुलुकै लुट्न लागि परेका छन् । दाई रामशरण पटक पटक अर्थमन्त्री बनेर सबै पैसा विदेशमै पुर्याएको चर्चा कांग्रेसीहरु नै गर्छन भने भाई प्रकाशरण महत जलस्रोत मन्त्री हुँदा भरेङ्ग बोक्नेसँग समेत पैसा उठाउन पछि परेनन् । दाइ कोइराला परिवारमा झुण्डिए भने भाइ देउवा गुटमा, देश लुट्न त यी दाइभाइ बाहेक अरु कसले पो जान्ला भन्ने धेरै भेटिए ।

सुडान काण्ड र सिटौला 

सुडान काण्डका नायिका सुजाता, ज्वाइँ बङ्गालीबाबु र सिटौला थिए । आएको कमिशन सुजाताले ज्वाइँलाई सुम्पिइन्, सिटौलाले ससुराली भारत पुर्याए भने बेलाबखतमा छ्याकन पाउने आईजीहरु र तीन दर्जन जति प्रहरी अधिकृतहरु परे, सत्यतथ्य अनुसन्धान गरि अपराधिलाई पक्रने दिन आउने होला भन्ने देशभक्त नेपालीहरु धेरै देखिएका छन् ।

त्रिपाल कार्कीको अर्को काण्ड 

भाइ अजुन कार्की सचिव दाइ कार्की सडकको डिजी, ब्रहमलुट भनेको त्यही त हो , अख्तियार पनि त्रिपाल काण्डमा रंगेहात पक्राउ पर्दा पनि नसियत मात्रै दिई जोगाउने, अब के चाहियो, मन्त्री, सचिव, डिजी मिलेपछि कसले छुन सक्दछ भनी सडकभरि चर्चा छ । नारद – जनभावनाबाट

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्