Logo
१५ चैत्र २०८०, बिहीबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक सातादेखि गाउँबाटै खोलो, सयौं घर जोखिममा

140818131959_nepal_floods_640x360_bbc_nocredit
काठमाडौं । अविरल वर्षासँगै बाढी आएपछि मोरङको मधुमल्लामा बाँध फुटाएर बस्ती पसेको नुनसरी बक्राह खोलालाई पुरानो धारमा फर्काउन नसक्दा सयौं घर परिवार जोखिमपूर्ण अवस्थामा छन् ।

असार ७ गते बिहान ३ बजे बाँध फुटाएर बस्ती पसको खोलो मधुमल्ला-४ को धप्परटोल र-५ को बेतेनीबाट बगिरहेको छ । स्थानीय सन्तोश गौतमका अनुसार पश्चिमतर्फको बाँध फुटाएर मधुमल्ला-४ को धपरटोलमा पसेर गाउँबाट बग्न थालेको खोलो डेढ किलोमिटर तल पुगेपछि मात्र पुरानो धारमा पुगेको हो ।

फेरि पाँच सय मिटर तल मभुमल्ला ५ को बेनेतीको पश्चिमपट्टीबाट खोला बाँध फोडर गाउँ पसको गौतमले बताए । बेतेनीमा लगभग डेढ किलोमिटर गाउँ हुँदै खोलो बगेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्