Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको प्रस्टिकरण: यसकारण भयो, अष्ट्रेलिया भ्रमण अचानक रद्द 

prachanda_1212काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अष्ट्रेलिया भ्रमणबारे अनपेक्षित चर्चा भएको बताएका छन्।

प्रचण्डले एक साता लामो अष्ट्रेलियाको भ्रमण कार्यक्रम अन्तिम समयमा स्थगित गरेका थिए ।

अष्ट्रेलियामा द्वन्द्वकालीन घटनाको विषयलाई लिएर ‘गतिविधि’ हुन सक्ने देखेपछि प्रचण्डको भ्रमण रद्द भएको थियो ।

जनकपुरमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफूले सोचे भन्दा धेरै चर्चा भएको बताए ।

‘यस्तो चर्चा हुन्छ भन्ने सोचेको थिइन। मैले आफ्नै पार्टीको कामको कारण, राजनीतिक घटनाक्रम हेर्दा पनि एक हप्ता विदेश बस्नु उपयुक्त हुन्न भन्ने सोच्दै थिएँ ।

त्यहीबेला प्रधानमन्त्रीले पनि नजाँदा राम्रो हुन्छ भनेपछि ठीकै छ भनेको हो,’ उनले भ्रमण रद्द हुनुको कारणबारे भने । अष्ट्रेलियामा न्यु साउथ वेल्स प्रिमियर कार्यालयले विभिन्न सरकारी निकाय र प्रहरीलाई समेत प्रचण्डको भ्रमणबारे आवश्यक कदम चाल्न भनेको पत्र सार्वजनिक भएको थियो।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्