Logo
१५ बैशाख २०८१, शनिबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मङ्सिरमा स्थानीय निकायको निर्वाचन – उपप्रधान मन्त्री थापा

PTI10_18_2015_000096B
PTI10_18_2015_000096B

विराटनगर । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले दलहरुको सहमतिमा आगामी मङ्सिर महिनाभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न हुने बताए।

स्थानीय निकायसँग आबद्ध मोरङका सरकारी कार्यालयको गोष्ठीलाई उनले यस्तो कुरा बताएका हुन् । आयोगले भदौमा आफ्नो प्रतिवेदन पेस गरेपछि निर्वाचनको मिति तोकिने पनि जानकारी गराए।

उनले नयाँ जनप्रतिनिधिलाई सक्षम र सुदृढ स्थानीय निकाय हस्तान्तरणका लागि सहयोग पुर्‍याउन कर्मचारीलाई आग्रह गरे।

सरकारले विकास निमार्णका लागि स्थानीय निकायमा पठाएको रकम पारदर्शी नभएकोमा पनि ध्यान आर्कषण गराएका थिए ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्