Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्फा अध्यक्षको चुनाव गर्न निर्देशन, ४ को पुर्नबहाली

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले बर्खास्त गरिएका तीन उपाध्यक्ष र एक सदस्यलाई पुर्नबहाली गर्दै साधारण सभाबाट नयाँ अध्यक्ष चयन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ। पुर्नवहालीका लागि फिफाले जेठ १० गते सम्मको समय सिमा समेत तोकेको छ।
फिफाका सहायक महासचिव मार्कुस काट्नरले एन्फा महासचिव धिरेन्द्र प्रधानलाई पत्र लख्दै यस्तो निर्देशन दिएका हुन् । महासचिव प्रधान कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठसहित फिफा कंग्रेसमा भाग लिन केही दिनअघि मेक्सिको गएका थिए।
कार्यसमिति बैठकमा लगातार तीन पटक अनुपस्थित रहेको भन्दै एन्फाले असोज ११ गते उपाध्यक्ष त्रय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र किरण राई तथा सदस्य पंकज नेम्बाङलाई बर्खास्त गरेको थियो । बर्खास्त गरेको ठाँउमा एन्फाले वीरबहादुर खड्का, सन्तोष बानियाँ र मणी कुवरलाई उपाध्यक्ष र अरुणमान जोशीलाई सदस्यमा मनोनित गरेको थियो ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले फिफाबाट मंगलबार पत्र प्राप्त भएको जानकारी दिदै कार्यान्वयनमा भने केही जटिलता रहेको बताएका छन् । ‘तीन पदाधिकारी र सदस्यलाई जेठ १० भित्र पुर्नवहाली गर्न र विधानसम्मत साधारण सभामार्फत अध्यक्षको निर्वाचन गर्न भनिएको छ, ‘तुलाधरले भने, अहिलेका सबै विवाद सकारात्मक रुपमा टुंगियोस भन्ने हामी पनि चाहन्छौं । तर, विधान अनुसार कार्यसमिति बैठक डाक्न पनि १४ दिनको समय चाहिन्छ ।
एन्फाका प्रवक्ता समेत रहेका उनले साधारण सभाका लागि पनि केही समस्या रहेको बताए । ‘साधारण सभाको विषयमा परेको मुद्दा पुनरावेदन अदालत पाटनमा विधाराधिन छ,’ उनले भने,’त्यसले पनि केही अप्ठेरो पर्न सक्छ । हामी सबै विषयमा छलफल गरेर आवश्यक कदम चाल्नेछौं । यसको अन्तिम टुंगो अब बस्ने केन्द्रिय समिति बैठकले लगाउनेछ । 

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्