Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सल्यानमा बाढी : बजार डुबानमा दर्जानौ घुम्ती पसल र घट्ट बगायो

सल्यान । बिहीबार बेलुकी परेको अबिरल बर्षापछि खोलामा आएको बाढीले बाफुखोला–३ दोभान बजारका एक दर्जन घुम्ती पसल, तीन मोटरसाईकल र ५० वटा पानी घट्ट बगाएको छ । 
जिल्ला प्रहर िकार्यलयका अनुसार खोलाको पानी सिधै बजार भित्र पसेपछि दोभान बजारसमेत डुबानमा परेको हो । डुबानले पसलहरुका साथै केही घरहरुमा समेत क्षति पुर्‍याएको छ ।
बाढीले सिंचाईका लागि राखेका पाईप समेत बगाएको छ । स्थानीय चन्द्र खतिवडाका अनुसार बजार नजिकैको चिनाली खोलाको पानी बजारमा पस्दा क्षति भएको हो ।
रुकुमको झुल्नेटाबाट नेपाली सेना र थारमारेबाट नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारको लागि खटेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले बताए । 
उनले पीडितलाई राहत र बगाएका घुम्ती पसल पुर्णनिर्माणमा पहल गरिने पनि बताए ।  पत्रकार रोर्जे राईको सहयोगमा 

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्