Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरी ५.४ रिक्टर स्केलको शक्तिशाली भूकम्प !

काठमाण्डौ । सोमबार राति शक्तिशाली भूकम्प गएपछि जपान स्थित टोकियो आतंककित बनेको छ । 
टोकियोमा सोमबार राति स्थानीय समयअनुसार करिब साढे नौ बजे ५.४ रिक्टर स्केलको भूकम्प गएको जनाइएको छ । 
राजधानी टोकियोबाट ४१ किलोमिटर मात्र पर केन्द्रबिन्दु भएर त्यहाँ भूकम्प गएको हो । यसको गहिराई ३७ किलोमिटर मात्र रहेको थियो ।
यस धक्काले राजधानी टोकियोका घर निकै हल्लाएको बताइएको छ । यस भूकम्पको धक्का पूर्वी जापानका विभिन्न क्षेत्रसम्म पनि महसुस गरिएको बताइएको छ ।
तर यसपछि सुनामीको चेतावानी भने आएको छैन । भूकम्पपछि जापानमा सुनामीको खतराको बारेमा निकै चासो हुने गर्दछ ।
गत महिना पनि जापानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको थियो । त्यसमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्