Logo
५ जेष्ठ २०७९, बिहीबार
(May 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जव पोस्टर फ्यालेर ठाकुरले भने ‘क्या है ये ? ’


काठमाडौं ।
तत्कालिन मधेश आन्दोलनको मुखमा स्थपाना भएको तर एक बिदेशी कुटनीतिक निकायको प्रत्यक्ष सल्लाहमा स्थपना भएको भनि आरोपित तराई मधेश लोकतान्त्रिक पार्टीमा यतिबेला पोष्टर बिवाद चुलिएको छ । 
उक्त पार्टीले घोषणा गरेका पहिलो महाधिवेशन तयारी चलिरहदा त्यहाँ पोष्टर विवाद चुलिएको हो । महाधिवेशनका लागि पछिल्लोपटक बिभिन्न समिति बनाइएता पनि उक्त समितिहरु बनाउनु भन्दा पहिला नै तयार भएको २ किसिमको पोष्टरले बिवाद मच्चाएको हो ।  
तमलोपाका एक जना पददाधिकारीले आफनो नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार पार्टीभित्रका दुईटा समुहले अलग–अलग पोस्टर निकालेर आफ्नो अधिकारिक रहेको दावी गरिरहदा पार्टीमा पोष्टर बिवादले चर्चाको शिखर चुमेका हुन । 
उनका अनुसार नयाँ दिल्लीबाट पार्टी अध्यक्ष महन्थ ठाकुर काठमाडौ आएर कार्यालयमा पस्ने बित्तिकै सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लालले तयार गरिएको पोस्टर लिएर अध्यक्ष ठाकुर समक्ष उपस्थित भएका थिए । तर, ठाकुर बसेको टेबलमा त्यो पोष्टर राख्ने बित्तिकै उनले सो पोष्टरलाई अस्वीरकार गरे र बनाउनेलाई नै थर्काए । 
समाचार श्रोतका अनुसार पोस्टर फ्यालेर लाल र शुक्लासँग ‘क्या है ये ?’ भनेर अँखा रातो पिरो गरे पछि दुवै जना केहि समयका लागि मौन बसेका थिए । श्रोतले भन्यो ‘ठाकुर जीले पोष्टर हेर्न बितिकै केहि समय आफनो कार्यकक्षबाटै निसकेर बाहिर पुगेका थिए । अध्यक्ष ठाकुर रिसाएरै कार्यकक्षबाट बाहिरिएपछि पोष्टरवालाहरुपनि बाहिरिएका थिए ।’

तमलोका एक नेताका अनुसार लाल र शुक्लाले तयार पारेको पोस्टरमा अध्यक्ष ठाकुरको फोटो सानो राखेर एक कुनामा राखिएको थियो भने अन्य दलका र तमलोपाका अन्य नेताहरुको आन्दोलनका फोटोहरु राखेर पोस्टरलाई भद्दा बनाएको ठाकुरको ठहर थियो । 

उनले भने ‘पोस्टर बनाउने काम प्रचार प्रसार समितिको हो तर, समिति गठन नहुँदै अध्यक्ष ठाकुरको अगाडि काम गरेका देखाउनका लागि पोस्टर तयार गरेर हतार–हतारमा ठाकुरलाई देखाउन लगेका थिए । आखिर परिणाम नै त्यही पाए ।’

महासचिव जितेन्द्र सोनलको संयोजकत्वमा गठन भएको प्रचार प्रसार समितिले अर्को पोस्टर तयार गरेको छ । सो पोस्टर अध्यक्ष ठाकुरबाट स्वीकृत भइसकेको छ भने उक्त पोस्टरमा ठाकुर बाहेक कसैको फोटो राखिएको छैन । तमलोपाको महाधिवेशन असार ६, ७ र ८ गते नवलपरासीको रामग्राममा हुँदैछ । त्यसका लागि विभिन्न ११ वटा समितिहरु पनि गठन भइसकेका छन् ।

प्रकाशित मिति: May 24, 2016

प्रतिक्रिया दिनुहोस्