खुत्रुके फुटाएर बालिकाले गरीन् सहयोग पुनर्निर्माणमा (भिडियोसहित)

हाम्रो वास्तविकतामा आधारीत रहेर हाम्रो गीतले मनको कुरा बोलेकाले व्यस्तताको बाबजुद पनि उक्त गीतमा अभिनय गरेको उनीहरुको भनाई छ । भिडियोमा धुर्मुस सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको देखाउनुका साथै उनीहरुको अभियानमा बालिकाले खुत्रुके फुटाएर सहयोग गरेको समेत देखाइएको छ ।
यस अघि पनि केहि गीतमा शब्द दिइसकेका डा. भुसालको शब्दलाई स्वरुपराज आर्चाय र स्मीता दाहालले गाएका छन् । बसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने रञ्जन न्यौपानेले सम्पादन गरेका छन् । शुभ मिडिया होम प्रा.लीको प्रस्तुती रहेको गीतमा सेभ द चिल्ड्रेनको सहयोग छ ।
हेर्नुहोस भिडियो ।