Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरगंजका उद्योगी सुरेश केडियाको भारतीय अपराधी कनेक्सन

काठमाडौं । विहीबार साँझ महागढीमाई नगरपालिका १६ पसाह खोलाबाट अपरहणमा परेका वीरगन्ज खाद्य उद्योगका सञ्चालक सुरेश केडियाको अवस्था अझै अज्ञात छ ।

केडियाको उद्धार गर्न नेपाली सुरक्षाकर्मीले भारतीय सुरक्षाकर्मीको सहयोगमा विहारको मोतिहारी र बेतिया जिल्लाका विभिन्न स्थानमा खोजतलास भइरहेको जनाएका अाजको नागरिक दैनिकमा समाचार छ ।

पहिलादेखि नै बारा, पर्साका उद्योगी, व्यवसायी भारतीय अपराधीहरुको निसानामा पर्दै आएका छन् । भारतीय अपराधी समूहले यस क्षेत्रका उद्योगीलाई अपहरण गरी फिरौती असुल्ने र नदिए ज्यान लिनेसमेत गरेको व्यपारी बताउँछन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैद्यले उद्योगी र व्यवसायी विशेषगरी २०६२ सालपछि भारतीय अपराधीको निसानामा पर्दै आएको बताए । उनले व्यवसायी उपराधीको निसानामा पर्ने गरे पनि सरकारले नियन्त्रणको लागि ध्यान नदिएको बताए ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्