Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीक्षितले अनधिकृत रुपमा लिएको जग्गा रोक्का, घरमा म्याद टाँसियो !

काठमाण्डौ । अख्तियारको निर्देशनपछि जिल्ला मालपोत कार्यालय ललितपुरले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित सहित दीक्षित परिवारले अनधिकृत रुपमा हडपेको भनिएको करिब १८ रोपनी जग्गा रोक्का गरेको छ ।

अख्तियारको निर्देशनपछि दीक्षित परिवारले हडपेको भनिएको ललितपुरको जग्गाबारे खोजबिन थालेको जिल्ला भुमिसुधार कार्यालय ललितपुरले कनकमणी सहित कमलमणी र कुन्द दिक्षीतको नाममा म्याद जारी गरेको छ ।

भुमिसुधार कार्यालयका अनुसार कमलमणि दीक्षित र कनकमणि दिक्षीतले म्याद बुझेका छन् भने कुन्दमणि दीक्षितको म्याद घर ठेगानामा म्याद टाँस गरिएको छ ।

परापुर्व कालदेखि जगदम्बा महारानीको नाममा रहेको जग्गा २०२१ सालमा भुमिसुधार लागु भएपछि महारानीले नेपाल सरकारका नाममा छाडेपनि दीक्षित परिवारले अनधिकृत रुपमा आफ्नो नाममा गरेको थियो । # फाइल तस्विर

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्