Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी ५ मा स्वास्थ्य चौकी भवन शिलान्यास

सुनसरीको दुहबी ५ स्थितमा दुहबी नगरपालिकाको बजेटमा स्वास्थ्य चौकीको भवन शिलान्यास सम्पन्न भएको छ। दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले आज भवन शिलान्यास गर्दै नगरवासीलाई स्वास्थ्य सेवा सहज गर्ने उदेश्यले दुहबीको प्रतेक वडामा स्वास्थ चौकी स्थापना गर्ने जनाए ।

सो भवन दुहबी ५ स्थित बन्द रहेको लुनकरणदास गंगादेबि चौधरी च्यारिटी अस्पताल पछाडी निर्माण हुने सवाना निर्माण सेवा दुहबी ५ ले ४० लाखमा ठेक्का लिएको दुहबी वडा नम्बर ५ का वडा अध्यक्ष रमेश कुमार रौनियारले जानकारी दिएका छन् ।

शिलान्यास कार्यक्रममा दुहबी नगर उपप्रमुख सुनिता दाहाल शाह सग स्वास्थ्य चौकीको विषयमा बुझ्न खोज्दा आफुलाइ केही थाहा न भएको तथा दुहबीको योजनाको जानकारीको विषयमा आफू सधै बिभेदमा परेको गुनासो गरिन ।

उपप्रमुख समेत नगर कार्यपालिकाको बैठकमा बसेर गरिने निर्णयहरुमा उपप्रमुखको एस्तो अभिब्यक्ती चित्त बुझ्दो भने न रहेको स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति: Jun 5, 2020

प्रतिक्रिया दिनुहोस्