Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि नीति अनुसारको बजेट बिनियोजन भएन :सांसद रामकुमारी चौधरी

कृषि उत्पादनमा मुलुक लाई आत्मनिर्भर बनाउदै खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्ने नीति अनुसारको बजेट बिनियोजन नभएको सांसद रामकुमारी चौधरीले बताईन । आज बसेको प्रतिनिधि सभा बैठकमा आ.ब. २०७७/०७८ को बजेट छलफलमा बोल्दै सांसद चौधरीले आगामी बर्ष दुध, तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने भनिएता पनि बजेट बिनियोजनमा भने धेरै लोभ गरेर छुट्याएको बताईन ।

११ अर्ब छुट्याएको रासायनिक मलमा हाम्रो देश पूर्ण रूपमा परनिर्भर छन तर प्राङ्गारिक मलमा प्रयाप्त सम्भावना भएता पनि कार्यक्र र बजेटको व्यवस्था नहुनु दुखद भएको बताईन । यसले बढदै गएको अर्गानिक खेती लाई निरूत्साहीत हुने सांसद चौधरीले बताईन । एकातिर किसान लाई गुणस्तरीय र उन्नत जातको बिउ उपलब्ध गराउने भनिएको छ तर अर्को तिर बिउ बिजनमा १०% बाट बढाएर १५ % भन्सार शूल्क लिने कुरा बिरोधाभास भएको बताईन । परम्परागत खेती प्रणाली बाट कृषि क्षेत्र अगाडि बढ्न नसकने र यसलाई आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लाई व्यवस्थित रूपमा अगाडि बढाउनु पर्ने बताईन ।

माध्यमिक तह सम्मका सामाजिक बिध्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेबारी निजी बिध्यालय लाई दिनु संविधानले अँगालेको समाजवाद उन्मुख व्यवस्था लाई अस्विकार गरेको छ साथै यो नेपालको संविधान बिरूध्द भएकोले उक्त वाक्य हटाउनु पर्ने सांसद चौधरीले बताईन ।

प्रकाशित मिति: May 31, 2020

प्रतिक्रिया दिनुहोस्