Logo
२६ बैशाख २०८१, बुधबार
(May 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङ्गका एक युवकले आफ्नै घाँटी रेटेर आत्महत्या गर्दै गरेको भिडियो भाईरल

प्रदेश १ स्थित मोरङ्गको बेलबारीका एक युवकले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

बेलबारी नगरपालिका-४ बुधबारेका ३० वर्षीय जीवनबहादुर लिम्बूले ५५ वर्षीया आमा देवीकुमारीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् ।

जीवनले देवीकुमारीको टाउको र निधारमा छुरी प्रहार गरेपछि सोही छुरीले आफ्नो घाँटी र पेटमा प्रहार गरेको पाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन् ।

घाइते जीवनको सामुदायिक अस्पताल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

हालसम्म घटनाको कारण खुल्न नसकेको र इलाका प्रहरी कार्यालय बेलबारीको प्रमुख प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको छानबिन टोली घटनास्थल पुगेर छानबिन गरिरहेको एसपी अधिकारीले बताएका छन् ।

उक्त युवकले आत्महत्या गर्दै गरेको भिडियो भाईरल भएको छ । रगतमा लत्पत देखिएका उक्त भिडियो समाजिक संजाल भाईरल बनेको छ ।

हामीसँग पनि उक्त भिडियो आएपनि त्यो भिडियो पोष्ट गर्नु आचार संहिता बिपरित देखिएकाले हामीले पोष्ट गरेका छैनौं ।

प्रकाशित मिति: May 28, 2020

प्रतिक्रिया दिनुहोस्