Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस युनियन सुनसरीको डिजिटल पात्रो देउवाद्धारा शुभारम्भ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस युनियन सुनसरीले निर्माण गरेको डिजिटल पात्रो ‘युनियन पात्रो’ को शुभारम्भ गरेका छन् ।

नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवसको अवसर पारेर देउवाले डिजिटल पात्रो उद्धाटन गरेका हुन् ।
पात्रोको उद्धाटन गर्दै देउवाले भने, ‘सुनसरीका साथीहरुलाई बधाई दिन चाहन्छु, अहिलेको प्रविधिको युगमा डिजिटल पात्रो निर्माण हुनु सरहानीय छ ।’

अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू संकटमा परेको बताउँदै उनले भने, ‘मैले कोरोनाको महामारीको सुरुदेखि नै पत्रकारको हकमा बोल्दै आएको छु, मैले पत्रकारहरुका लागि सुरक्षा सामाग्री व्यवस्था होस् भनेर आवाज उठाउँदै आएको
छु ।’

उनले सरकारले अहिले पत्रकारको हकहितका लागि काम गर्न नसकिरहेको तर्क गरे ।

नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवस मनाउन मंगलबार जुम एपमा आयोजना गरिएको भर्चुल कार्यक्रममा देउवाले पत्रकारहरू समेत कोरोनाबाट संक्रमति हुन थालेकाले सजगता अपनाउँन अपिल गरे ।

कार्यक्रममा युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले युनियनले प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको बताउँदै श्रमजीवि पत्रकारको हकहितमा काम गर्दै जाने बताए ।

कार्यक्रममा युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले लकडाउनको समयमा प्रेस युनियन जिल्ला कार्यसमितिले यहाँका क्रियाशिल २२० जना पत्रकारहरुको कोरोना बीमा गरेको बताउँदै निःशुल्क रुपमा स्वास्थ्य सामाग्री पनि वितरण गरेको उदृत
गरे ।

उनले भने, ‘बिषम् परिस्थितिमा मैले नेतृत्व सम्हाले पनि पत्रकारको हकहितका लागि काम गर्दै आएको छु, हामीले अहिले डिजिटल क्यालेन्डर पनि तयार गरेका छौँ ।’

उनका अनुसार युनियनको पात्रो प्ले स्टोरमा गएर सर्च गरेर डाउनलोड गर्न सकिनेछ ।

प्रकाशित मिति: May 26, 2020

प्रतिक्रिया दिनुहोस्