Logo
२६ बैशाख २०८१, बुधबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा पनि कोरोना ल्‍याब परीक्षण सुरु, मुख्यमन्त्री राईद्वारा ल्याब, हेल्प डेस्क र आइसोलेसनको निरीक्षण

कोरोना (कोभिड १९)को विरामीका लागि प्रदेश एक सरकारले ल्‍याब परीक्षण सञ्‍चालनमा ल्‍याएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना ल्‍याब परीक्षण सुरु गरेको हो।

आइतबार प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वाब परिक्षण हुने ल्याब, हेल्प डेस्क र आइसोलेसनको निरीक्षण गरेकाछन्।

निरीक्षणसंगै सामाजिक विकास मन्त्री घिमिरेले प्रदेश एकमा शंकास्पद विरामीको स्वाब परिक्षण वीपीबाटै हुने जानकारी दिए। यसअघि परिक्षणको पुरा सामान नहुदाँ ल्याबको कार्य रोकिदै आएको थियो। ल्याब सञ्चालनमा आएपनि पहिलोचरणका केही नमुनाको अन्तिम भेरिफाइ भने काठमाडौंबाट हुने बताइएको छ।

प्रदेशस्तरमा कोरोना भाइरसको स्वाब परिक्षण गर्ने पहिलो अस्पताल वीपी भएको बताएका मन्त्री घिमिरेले भने, ‘ल्याबले पहिलोपटक परिक्षण गर्ने हुनाले पहिलोचरणमा रिपोर्टलाई प्रमाणित गर्नका लागि काठमाडौं पुराउनेछौ। तर, केहीको परिक्षणपछि भने पूर्णरुपमा रिपोर्ट वीपीबाटै हुनेछ। हामी पूर्ण रुपमा रिपोर्ट हेर्नका लागि सक्षम छौं।’ रिपोर्टमा शंका लागेको खण्डमा आफूहरुले काठमाडौं पुर्‍याउने उनको भनाइ छ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्