Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजि अस्पतालहरुलाई सरकारीकरण गर्न संघिय सासंद राम कुमारी चौधरीको माग

आज विश्व कोरोना वायरस(covid 19)को महामारी बाट आक्रान्त भैइरहेको छ । संसारका सबै देशहरू आ-आफ्नो क्षेमता अनुसार कोरोना सङ्ग लडीरहेका छन । चीनले आफ्नो देशमा कोरोना नियन्त्रण गरि सकेको अवस्था छ भने ईटाली ,स्पेन ,अमेरीका,ईरान जस्तो बिकसीत मुलुकहरूमा कोरोना संक्रमण तिब्र गतीमा बढी रहेको छ ।युरोप जस्तो बिकसीत सम्पन्न मुलुकहरु कोरोना सङ्गको लडाईमा बिजय हासील गर्न मुस्किल परिरहेको अवस्था छ ।दक्षीण एसियाको चिनको बुहान प्रान्त बाट शुरु भएको कोरोना विश्व भरी फैलीसकेको तर एसियाकै मुलुकहरूमा भने मन्द गतीमा फैलीरहेका छ्न ।

युरोप ,अमेरीका पछी कोरोना महामारीको केन्द्र दक्षीण एसियामा चीन पछीको दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा पर्ने र भारत ,चीन बिचमा अवस्थित रहेको नेपाल केन्द्र बन्न सक्ने संकेत विश्व स्वास्थ्य संगठनले चेतावनी दिदै आएको कुरा सबैमा सर्वबितिदै छन । नेपाल सरकारले नेपाली जनताको स्वास्थ्य लाई र कोरोना महामारी फैलीने सम्भावना लाई मध्य नजर गर्दै अन्तरास्ट्रिय उडान ,आन्तरिक उडान ,सवारी साधन,उधोग कलकारखा ,स्कुल लगायत पुर्ण रुपले बन्द गरिएको छ । चैत्र १० गते देखि १८ गते सम्म देश नै Luck Down गरि सम्पुर्ण नेपाली जनता लाई आ-आफ्नो घरमा बस्न आहवान गरिएको छ ।

यो परिस्थिति अझै महिनौ सम्म लम्बिन सक्ने अवस्था हामी सबैले बुझिराखेका नै छौं । गरि खाने मजदुर ,ज्यालादारीहरुको लागि सरकारले दुई छाक खाने बस्ने व्यवस्था मिलाउन संघिय सरकारले प्रदेश र स्थानीय सरकार लाई निर्देशन गरि सकेको छ । सम्भावीत कोरोना संक्रमित बिरामीहरुको उपचारको लागि आवश्यक व्यवस्था मिलाइसकिएको छ ।यसको लागि सम्पुर्ण साना ठूला सरकारी अस्पतालहरु तयारी अवस्थामा छन तथापी यो पर्याप्त भने होयन ।कुनै कारणबस बिरामीको संख्या तिब्र गतीमा बढयो वा परिस्थिति लम्बिदै जादा निश्चित छ कि देशको अर्थतन्त्रले धान्न मुस्किल त हुन्छन नै साथै अर्थतन्त्र नै धारासाही हुने अवस्था नहोला भन्न सकिन्न ।

यसै सन्दर्भमा सरकार लाई केही सुझाव तथा ध्यानाकर्षण गराउन चाहन्छौ । (१) अहीलेको अवस्थामा प्राईभेट अस्पतालहरुले सामान्य बिरामीहरु उपचार्थ पुग्दा बिरामीहरु लाई उपचार दिने भन्दा पनि सामान्य चेक जाछ गरि सरकारी अस्पतालहरुमा रिफर गर्ने वा अस्पतालहरुले गेट बाट नै फर्काउने समाचारहरु बाहिर आयरहेका छन । हाम्रो देशमा महामारी तिब्र गतीमा फैईलीने हो र प्राईभेट अस्पतालहरुले अहिलेको प्रवृत्ति कायम राख्ने हो भने सरकारी अस्पतालहरुले मात्रै सेवा पुर्याउन असम्भव नै हुन्छ्न । सरकारले यस्तो संबेदनशिल परिस्थितिमा प्राईभेट अस्पतालहरु लाई नेपाली जन्ताको स्वास्थ्यमा खेलवाड नगरी उपचार गर्ने र गराउने कडा निर्देशन दिईनु पर्दछ । सरकारी स्वास्थ्य कर्मीहरु भन्दा ठूलो संख्यामा रहेको प्राईभेटमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षा बिमा प्रदान गरि परिचालन गर्न आवश्यक छ । देश र जनता प्रति उतरदाई भइ सरकारले आवश्यक पर्दा सम्पुर्ण प्राईभेट अस्पतालहरु लाई सरकारीकरण गर्न तयार हुनु पर्दछ ।, (२) प्रहरी प्रसाशन ,जन प्रतिनिधि ,स्वास्थ्यकर्मी र स्थानी युवाहरुको युनीफाईड कमान्ड गठन गर्नु पर्दछ । कोरोना बाट बच्ने र जन्तामा सेवा पुर्याउने तालीमहरु प्रदान गरीनु पर्दछ र परिचालन गर्नु पर्दछ ।गाउँ घरको सुरक्षा, महामारी सम्बन्धी चेतना जगाउन र सम्पुर्ण सेवाहरु घर घरमा पुर्याउन स्थानीय युवाहरुको जनमीलीसीयाहरु गठन गर्नु पर्दछ । यदि लामो समय सम्म अहीलेको परिस्थिति हामी सामु खडा भैइ रहयो भने पनि हामी र हाम्रो देश लडी रहन सक्छौं ।,(३) luck down को अवस्थामा जन्तालाई चाहीने अति आवश्यक पर्ने खाद्यान्न ,औषधी ,ग्यास,दुध आदि पसलहरु नियमीतरुपा संचालनमा रहेता पनि कृतिम अभावहरु सृजना गरि कालो बजारी गर्ने गरेको समाचारहरु आयरहेकै छन । यसलाई पुर्ण रुपले नियन्त्रण गरीनु पर्दछ । सकेसम्म स्थानीय सरकार अन्तरगत वडाहरु मार्फत सम्पुर्ण अतिआवश्यक सामानहरु जनमिलिसियाहरु मार्फत जन्ताको घरघरमा पुर्याउने व्यवस्था मिलाउनु पर्दछ । ,(४) नेपालको अर्थव्यवस्था लाई धारासाही हुन बाट जोगाउन कोरोना संक्रमन हुन बाट जोगीने बिधि अपनाउने वा खोजी गरि उत्पान हुने क्षेत्रहरुको पहिचान गरि काममा परिचालन गर्ने व्यवस्था मिलाउनु पर्दछ । ,(५) नियमीत रुपमा काम गर्ने सरकारी कर्मचारी ,प्राईभेट कम्पनीहरुको कर्मचारी ,मजदुर ,किसानहरुको पहिचान गरि काममा परिचालन गर्ने ।

काममा खटिनु अगाडी र पछाडी आवश्यक चेक जाच पछी आफ्नो क्याम्पमा जाने बस्ने व्यवस्था मिलाउनु पर्दछ । काममा खटीने बाहेकको हकमा luck down पुर्ण रुपले मान्नु पर्ने व्यवस्था मिलाउनु पर्दछ ।,(६)सम्पुर्ण सार्वजनिक स्थलहरु,कोलोनीहरुको मुल गेट ,गाउँ घरका मुख्य प्रवेश ध्दार ,शहरका मुख्य ठाउँहरुमा चेकजाँचको व्यवस्था मिलाउनु पर्दछ । ,(७)उद्योग ,कलकारखानाहरु,कार्यलयहरुमा आवश्यक अत्याधुनिक स्वास्थ्य उपकरण चेकजाचको व्यवस्था ,कोरोना सुरक्षा कवजको व्यवस्था मिलाई संचालनमा ल्याउनु पर्दछ । ,(८) नेपाल कृषि प्रधान देश हो । कृषि उत्पादन केन्द्रिय कार्यक्रम बनाई कृषकहरु लाई कोरोना बाट बच्ने तरिका र आवश्यक कोरोना सुरक्षा कवज प्रदान गरी कृषि उत्पादनमा जोड दिनु पर्दछ ।,(९) कोरोना जस्तो महामारी चौतर्फी फैलीरहेको परिस्थितिमा देश र जन्ताको सेवाको काममा सरकारको योजना अनुरुप काममा खटीएका जोकोही नेपाली नागरीकहरुको हकमा सुरक्षा बिमाको ग्यारेन्टी गरीनु पर्दछ ।,(१०) आफू पनि सुरक्षीत रहौ । अरु लाई पनि सुरक्षीत रहन मदत गरौ । यो संक्रमनकालीन अवस्थामा हामी सबै एक जुट भैइ धैर्य धारण गरि सरकार लाई सहयोग गरौ । (स्रोत मा.राम कुमारी चौधरीको सचिवाल फेसबुक स्टाटस बाट )

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्