Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाइँलाई सौन्दर्य बढाउनु छ ? दैनिक जीवनमा प्रयोग गर्नुहोस् गाजर र गोल्भेडाको जुस

गोल्भेडा र गाजरमा एन्टिअक्सीडन्ट प्रशस्त मात्रामा पाइन्छ ,त्यसैले तरकारीहरू स्वादिष्ट बनाउनका साथै छालाका लागि पनि लाभदायक हुने गर्छन ।गोल्भेडा र गाजरले हाम्रो छालालाई उज्यालो बनाउन मद्दत गर्दछ ।

सौन्दर्य बढाउन हामीले दैनिक जीवनमा कस्मेटिक सामानहरु प्रयोग गर्छौ । के तपाइँलाई थाहा छ ,सुन्दरता बढाउने उपाय हाम्रो भान्सामै छ ।

वास्तवमा, धेरै सामग्रीहरू हाम्रो भान्छामा खाना स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । त्यही सामाग्रीहरु हाम्रो सौन्दर्य बढाउनलाई अमूल्य हुने गछर्न ।

छालाका लागि गोल्भेडाको फाइदाहरु

 

हाम्रो देशमा गोल्भेडा बिना तरकारी कल्पना गर्न सकिदैन । गोल्भेडा प्राय सबै प्रकारका तरकारीहरू बनाउन प्रयोग गरिन्छ । गोल्भेडा भिटामिन सी र के को खजाना मानिन्छ ।

छालाका डाक्टरहरू भन्छन् कि टमाटरमा लाइकोपीन भनिने एन्टिआक्सीडन्ट हुन्छ । जसले छालामा रोग निम्त्याउने तत्वहरूलाई कम गर्न मद्दत गर्दछ ।

साथै ब्ल्याकहेड्स र व्हाइटहेड्सको जोखिम कम गर्दछ । गोल्भेडाले हाम्रो छाला कडा बनाउन र पिम्पल्सलाई रोक्न मद्दत गर्दछ । गोल्भेडाको रस अनुहारमा लगाउँदा छालामा सुधार हुन्छ ।

गोल्भेडा र गाजर को रस घरमा कसरी तयार गर्ने

गाजर र गोल्भेडाको जुस बनाउन पहिले टमाटरलाई सानो टुक्रामा काट्नुहोस् । गाजरलाई आधा काट्नुहोस् र आधा सुन्तला मिलाउनुहोस् । सबै राम्रोसँग मिक्स गर्नुहोस् । रस पातलो गर्न पानी पनि थप्न सक्नुहुन्छ ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्