Logo
१५ बैशाख २०८१, शनिबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनचेतनामुलक सर्ट मुभी ‘ घृणा ‘ चाँडै युट्युवमा सार्वजनिक हुँदै

शिव भट्टराई/नेपाली जनचेतनामुलक छोटो चलचित्र घृणा को छायाकन सकिए सँगै अब चाँडै युट्युवमा सार्वजनिक हुने भएको छ।बराह टिभि युट्युब च्यानल बाट केही दिनमा सार्वजनिक हुन लागेको यस छोटो चलचित्र ‘ घृणा ‘ को सुनसरी र मोरङ का विभिन्न रमणीय स्थानमा छायांकन भएको छ। यस चलचित्रमा स्थानीय कलाकारहरु शिव भट्टराई भोजपुरे, अाकास अधिकारी ,अायुस दाहाल , सामाना भट्टराई , अादेस गौतम , काब्या राई ,भावना भट्टराई, मनोज बिस्ट , होम पि भट्टराई रामजि बिस्ट , बाल कलाकार सुरभि भट्टराई लगायतको अभिनय रहेको यस चलचित्रका कथा लेखन / निर्देशन होम पि भट्टराईले गरेका हुन्। उनले यस अघि पनि उध्देश्य , उध्देश्य दुई , साईत बिग्रियो , खुरापाते काजि , कोहि भन्दा कोहि कम छैन जस्ता विभिन्न चलचित्र उनकै कथा लेखन निर्देसनमा निर्माण भैसकेका छन् भने निर्देसक भट्टराईले ठुला पर्दाका चलचित्रहरु ड्रिम गर्ल , गोल , फेक फ्रेन्ड , जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् ।

यस जनचेतनामुलक छोटो चलचित्र
‘ घृणा ‘ मा अपाङ्गहरुले भोग्नु परेको पीडाहरुको विषयमा चित्रण गरिऐको भट्टराईले बताएका छन् भने उक्त चलचित्रका निर्माता , छायांकन साथै सम्पादन खड्ग लिम्बुले गरेका छन्।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्