Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा वडाअध्यक्ष कप T-20 क्रिकेट प्रतियोगिता सुरु

सुनसरीको दुहबी ८ मा अन्तर विद्यालय वडाअध्यक्षकप टि ट्वान्टि क्रिकेट प्रतियोगिता बिहीवारदेखि सुरु भएको छ । बिहीवार क्रिकेट प्रतियोगिताको समुद्घाटन समारोह कार्यक्रममा दुहबी ८ का वडाध्यक्ष तारिक चन्द सरदारले ब्याटिङ गर्दै र अरिहन्त मल्ट्रफाइवर्स सोनापुरका कार्यकारी प्रमुख गोबिन्द बजगाईले रिवन काटेर संयूक्तरुपमा उद्घाटन गर्नुभयो ।

समुद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि दुहबी ८ का वडाध्यक्ष तारिक चन्द सरदारले खेलकुद विकासकालागि भर्खरै समपन्न भएको दोश्रो मेयरकप फुटबल प्रतियोगितामा उदयमान टिम भएकोले दुहबी वडा नम्बर ८ का सम्पूर्ण खेलका
खेलाडीहरुलाइ आवश्यक खेलकुद सामाग्री उपलब्द्ध गराउँने प्रतिबद्धता जनाउँदै दुहबी ८ मा भएको खेल मैदानलाइ राष्ट्रस्तरको बनाउँने जनाए ।

कार्यक्रमका बिशिष्ट अतिथि अरिहन्त मल्ट्रफाइवर्स सोनापुरका कार्यकारी प्रमुख गोबिन्द बजगाई,अतिथिहरु सनबिम इङलीस बोडीङ स्कुलकी प्रार्चाय दया ढुंगाना, थर्ड आइ पब्लिक स्कुलका प्रार्चाय पुरुषेत्तम राई, माउण्ट एभरेष्ट बोडीङ स्कुलका प्रार्चाय एस आर रहमान राइनले शुभकामना मन्तव्य दिनुहुँदै शाररिक र मानसिक स्वास्थ्य रहँनकालागि र अशल नागरिक बन्नकालागि खेलकुद आवश्यक भएकाले अनुशासीत भइ खेल्नुपर्नेमा जोड दिनुभयो ।

समुद्घाटन समारोहमा चारओटै बिद्यालयका विद्यार्थीहरुले खेल मैदानमा मार्चपास गरेका थिए । बिहीबारको उदघाटन खेल थर्डआइ पब्लिक स्कुल दुहबी ८ र माउण्ट एभरेष्ट बोडीङ स्कुल सोनापुरका बिच हुनेछ ।

शुक्रवारको दोश्रो खेल सनबिम इङलीस बोडीङ स्कुल दुहबी ८ रनिगाउँ र श्री बिष्णु मा.वि. सोनापुरका बिच हुँने आयोजकले जनाएको छ । शनिवार फाइनल खेल हुँनेछ ।  मेमोरी यूवा क्लब सोनापुरको आयोजना तथा दुहबी वडा नम्बर ८ को कार्यालयको सहयोगमा क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

आयोजक क्लबका अध्यक्ष खड्गनारायण माझीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्लबका सचिब पञ्चनारायण
चौधरीले दिएका थिए । कार्यक्रम उद्घोषण नेपाली कांग्रेसका नेता ओम थापाले गर्नुभयो ।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्