Logo
१५ बैशाख २०८१, शनिबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गढी गाउँपालिकाले प्रजातन्त्र दिवस मनायो

प्रदेश एक स्थित सुनसरीको गढी गाउँपालिकाले प्रजातन्त्र दिवस मनाएको छ ।
१०४ वर्षको जहानिया राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा बुधबार ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँएको छ ।
७० औ प्रजातन्त्र दिवसको अवसरमा गढी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष राजकुमारी चौधरी र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदानी दिएका सयौं विर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको विर योद्धाहरु प्रति सम्मान समेत प्रकट गरे । विर शहीद एवं योद्धाहरुले देखेको समृद्धि र विकासको सपना पुरा गर्ने जिम्मा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको काँधमा आएको उल्लेख गर्दै अध्यक्ष यादवले इमान्दारिताका साथ काम गर्नु आजको आवश्यका रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा गढी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको
थियो । जहानिया राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । सबै जिल्लामा यो दिवस मनाइँदै आएको छ ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्