Logo
२६ बैशाख २०८१, बुधबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ शैयाका अस्पताल बन्ने भएपछि स्थानीयवासी खुशी

जिल्लाको जोरायल र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ श्ययाको अस्पताल बन्ने भएको छ ।

जोरायलको प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगर र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखाडा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाइने भएको हो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र यहाँका सबै स्थानीय तहमा न्यूनतम १५ श्ययाको अस्पताल निर्माण गर्ने कार्यक्रम छ । जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शैयाका अस्पताल बन्ने भएपछि त्यहाँका स्थानीयवासी निकै खुशी भएका छन् ।

उक्त कामका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने जनाइएको छ । त्यसको सफल कार्यान्वयनका लागि विभिन्न मन्त्रालयसँगको राय एवं परामर्शपछि कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइनेछ ।

उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्राधिकारभित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई १५ र २५ श्ययामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइदिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए ।

सम्बन्धित स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट अस्पतालमा स्तरोन्नति लागि सिफारिस आएका स्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्न लागिएको छ ।

जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शैयाका अस्पताल बन्ने भएपछि यहाँ निकै खुशी छाएको स्थानीयवासी बमबहादुर बमले बताउनुभयो ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्