Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अटेर गर्न थालेपछि मन्त्री त्रिपाठीले मन्त्रालयबाट हटाए ५ उच्च कर्मचारी, सचिवसँग टक्कर

पार्टीगत लिगेसी र वरिष्ठताको धाक लगाउँदै मन्त्रीलाई अटेर गर्न थालेपछि संघीय मामिला मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयबाट ५ उच्च कर्मचारीलाई हटाएका छन् । हिजोआज जोसुकैले फोन गर्दा मन्त्रीको जवाफ् हुन्छ “रेलका इन्जिन बहूत खराब है” अर्थात मन्त्रालय डमाडोल छ ।

मन्त्री त्रिपाठी भन्छन् “यतिसम्म डमाडोल कि कुन स्थानीय तहमा को प्रशासकीय अधिकृत छन्, कुन प्रदेशमा को सचिब छन् वा कुन आयोग आयोजनामा को प्रमुख छन् सम्मको रेकर्ड मन्त्रालयमा छैन ।”

मन्त्रालयलाई ब्यवस्थापनमा चुष्त बनाउन उनले आफूलाई असहयोग गरेको भन्दै ५ उच्च कर्मचारीलाई एकै पटक त्यहाँबाट सरुवा गराएका हुन् । उनी भन्छन् “केही वरिष्ठ भनिएकाहरुमा अहमता धेरै देखियो । यस्ता कर्मचारी कै कारण संघीयता ध्वस्त हुन्छ ।”

यता, पछिल्लो समय मन्त्री त्रिपाठी र मन्त्रालयका उच्च कर्मचारीहरुवीच सम्बन्ध विग्रको थियो। स्रोत भन्छ, संघीय मन्त्रालयका सचिव यादव कोइरालासँग पनि मन्त्री खुशी छैनन्।

कोइराला गृहमन्त्रालयमा सरुवा हुन चाहेका थिए। गृहमा सरुवा नभए पछि उनले अर्को मन्त्रालय खोजेको स्रोतको भनाइ छ। सचिवले निकै घुर्की लगाउने गरेको मन्त्रीको आरोप छ भने म नया मन्त्री होइन आश्यका थ्रेट मन्त्रीको हुनेगरेको छ ।

यसैबीच यस अघिका संघीय मामिला मन्त्री लालबाबु पण्डितले विश्वास गरेर मन्त्रालयमा जिम्मेवारी दिएका प्रायः सबै उच्च कर्मचारीलाई त्रिपाठीले सरुवा गराएका छन्।

सामान्य प्रशासन मन्त्रालयमा ५ जना सहसचिवको दरबन्दी छ। तर पछिल्लो समय ४ सहसचिव मात्र कार्यरत थिए। ४ सहसचिवमध्ये हाल एक जना सहसचिव मात्र फेरिएनन्। त्यो हो जुम्लामा स्थायी घर भएका जयनारायण आचार्य, जो मन्त्रालयमा सोझा कर्मचारी मानिन्छन्। उनले भने सरुवा नमागेको स्रोतले भन्यो।

पुर्वमन्त्री पण्डितले केदार पनेरुलाई विश्वास गरी समायोजन महाशाखाको प्रमुखको जिम्मेवारी दिएका थिए तर वर्तमान मन्त्री त्रिपाठी भने पनेरुसँग सन्तुष्ट भएनन्।

उनको ठाउँमा आफनो पुरानो पिए बसन्त अधिकारीलाई ल्याएका छन्। बसन्त यसअघि सुर्खेतमा सिडिओ (प्रमुख जिल्ला अधिकारी) थिए। बसन्तलाई सुर्खेतबाटै मन्त्रालयमा बोलाएका छन्।

यसअघि त्रिपाठी तत्कालिन भौतिक योजना मन्त्री हुँदा बसन्त मन्त्रीको पिए भइ सचिबालयमा बसेका थिए। स्रोत भन्छ, त्रिपाठीले बसन्तलाई अति विश्वास गर्ने गर्छन।

मन्त्रालयबाट सरुवा भएका पनेरु सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीसँग निकट मानिन्छन्। उनलाई शुक्रबार सरुवाको चिठ्ठी दिइएको थियो। हाल उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी लिएका सहसचिव भुपाल बराललाई पनि त्रिपाठीले सरुवा गराएका छन्।

बराल नेपाली कांग्रेससँग निकट मानिन्छन्। स्रोत भन्छ, पछिल्लो समय मन्त्रीको व्यवहारदेखि बराल चिढिएका थिए। शुक्रबारदेखि उनको सरुवा महालेखा नियन्त्रणको कार्यालयमा भएको छ।

नेकपासँग निकट मानिने अर्का सहसचिव बाबुराम अधिकारीलाई पनि त्रिपाठीले सरुवा गराएका छन्। अधिकारीले यसअघि कर्मचारी प्रशासन महाशाखाको जिम्मेवामरी लिएका थिए। हाल उनलाई अर्थ मन्त्रालयमा पठाईएको छ।

पछिल्लो केही समय यता अधिकारीसँग त्रिपाठीको सम्बन्ध निकै विग्रेको थियो। स्रोत भन्छ, अधिकारीले ओएन एम सर्भे परिमार्जन रिपोर्टमा कर्मचारी दरबन्दी बढाउन खोजेको त्रिपाठीको बुझाइ थियो। अधिकारीलाई सरुवाको चिठ्ठी बुझाउनुको केही दिन अघि मन्त्रालयका गरिएको उच्च कर्मचारीहरूसँगको छलफलमा त्रिपाठीले अधिकारीलाई अपमानपूर्वक गाली गरेका थिए।

त्रिपाठीको गाली पछि अधिकारीले पनि त्यहाँबाट सरुवा मागेका थिए,–स्रोतले भन्यो। कर्मचारी दरबन्दी संरचनाको विषयमा अध्ययन गर्न भनी केही दिन अघि अधिकारी अमेरिका पुगेका थिए। यही विषयमा त्रिपाठीले उनलाई गाली गरेका थिए।

त्रिपाठीले अन्य दुइ उपसचिवलाई पनि एकै पटक सरुवा गराएका छन्। कर्मचारी प्रशासन महाशाखामा कार्यरत चन्द्र फूयाललाई सरुवा गराएका छन। यसैगरी उनले अर्का उपसचिव इश्वर गिरीको पनि सरुवा गराएका छन्।

गिरीको सरुवा पर्यटन मन्त्रालयमा भएको छ। बरालको सरुवा भएसँग संघीय मन्त्रालयमा प्रवक्ता पद खाली रहेको छ। यसअघि प्रवक्ताको जिम्मेवारी सुरेश अधिकारीलाइ दिइएको थियो। करिब ८ महिना अघि अधिकारी सचिवमा बढुवा भइ त्यहाँबाट सरुवा भएका थिए। त्यसपछि प्रदेश १ हुँदै अहिले अख्तियारमा छन् ।

सहसचिव र सहसचिवभन्दा माथिको कर्मचारीको सरुवा मन्त्रिपरिष्दको बैठकले गर्ने कानुनी व्यवस्था छ तर विभागीय मन्त्रीले पछि मन्त्रिपरिषद्मा प्रस्तावमा लगि मन्त्रिपरिषद्बाट समर्थन लिने गरी सहसचिवको काज सरुवा गराउन पाउने व्यवस्था छ। उक्त व्यवस्था अनुसार त्रिपाठीले ३ सहसचिवको सरुवा गराएका हुन। उपसचिवको सरुवा भने मन्त्रीले सोझै गर्न पाउने व्यवस्था छ।

मन्त्रालय स्रोतका अनुसार संघीयबाट सरुवा गरी पठाइएका तीन जना सहसचिव पनेरु, बराल र अधिकारीको ठाउँमा त्रिपाठीले याम प्रसाद अधिकारी, बसन्त अधिकारी र वीष्णुदत्त गौतमलाई ल्याएका छन्। वीष्णुदत्त गौतम यसअघि संघीय मन्त्रालयमा उपसचिवमा कार्यरत थिए। मन्त्रालयमै हुँदा उनी सहसचिवमा बढुवा भएका छन्।

त्रिपाठीले सूर्य चिन्ह लिइ प्रतिनिधि सभाको चुनावमा भाग लिएका थिए र चुनाव जिते पनि। कानुनी रुपमा उनी अहिले पनि नेकपाका सांसद हुन तर उनले अहिले पनि आफूलाई स्वतन्त्र भन्ने गर्छन। मन्त्री हुनुभन्दा केही दिन अघि उनले काठमाडौमा आफू निकट केही नेताहरुको भेला गरी छुट्टै पार्टी खोल्ने घोषणा गरेका थिए।

त्रिपाठीकोलागि सिंहदरबारमा छुट्टै कोठा दिइएको छ। उनको कोठा नेकपाको संसदीय दलको कार्यालय नजिकै रहेको छ। “मलाई कुनै कर्मचारीले नसिखाए हुन्छ, म पण्डित होइन त्रिपाठी हु” मन्त्रीको जवाफ हुने गरेको हुन्छ ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्