Logo
१५ बैशाख २०८१, शनिबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष कपमा गढी ३ उपाधी नजिक फाइनलमा

सुनसरीको गढी गाउँपालिका औराबनीमा जारी दोस्रो गढी अध्यक्ष कप फुटबल प्रतियोगीताको मङ्लबार भएको दोस्रो सेमि फाइनल खेलमा गढी गाउँपालिका वडा नम्बर ३ ले गढी २ (ख)लाइ ट्राइबेकरमा ४–२ गोल अन्तरले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी गढी ३ का शिव कुमार चौधरी घोषित भए।

उनलाई खेलका प्रमुख अतिथि गढी गाउँपालिकाका लेखा अधिकृत दिल बाहादुर खड्काले नगद ५ सय सहित पदक प्रदान गर्नु भयो । पराजित गढी गाउँ पालिका वडा नम्बर २(ख) लाई नगद ५ हजार नगद प्रदान गरियो। बिहिबार हुने फाइनल खेल गढी वडा नम्बर १ मधेली र गढी ३ छिटाहाका बिच हुने आयोजक क्लबका सचिब दिपेन्द्र चौधरीलेले जनाएका छन। प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित ३१ हजार नगद र दोस्रो हुनेले २१ हजार नगद प्राप्त गर्नेछ्न ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्