Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुढीगंगामा उदघोषण तालिम संचालन

बुढीगंगामा गाउँपालिकाको ७ नं. वडा कार्यालय, मदनपुर, डंग्राहाको सभाहलमा आज देखि ४ दिनको लागि महिला लक्षित उदघोषण तालिम संचालन भएको छ । असल जीवन बातावारनको लागि प्रयास नेपाल, बर्जु -१, सुनसरीको आयोजनामा भएको उक्त तालिंम महिला लक्षित रहेको छ बुढीगंगा गाउँपालिका ७ नं. वडा कार्यालयले आर्थिक सहयोग गरेको हो ।

२५ जना सहभागी किशोरकिशोरी रहेको उक्त तालिममा स्काई कल्बका र बाल संजालका रहेका छन् । सोहि वडाका वडा अध्यक्ष मुरारीलाल बिश्वासले तालिमको समुदघाटन गर्दै गर्दै सहभागीहरुलाई शुभकामना दिदै तालिमलाई सहि रुपमा लिएर ब्यबहारमा उतार्नु पर्ने दायित्व प्रशिक्षार्थीको रहेको र उनीहरु भविष्यको चिराग हो भन्दै आगामी दिन अझ सहयोग र साथ् रहने कुरामा प्रतिबद्ध रहेको बताउनु भयो ।

आयोजक संस्थाका अधयक्ष प्रमिला गच्छदारले समेत संस्थाले सामाजिक कार्यमा सधै अगाडी बढेर काम गर्दै आएको र यो तालिमबाट युवा पुस्तालाई समाजमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनु भयो ।
कार्यक्रमको प्रशिक्षण संचारकर्मी एलएन गच्छदारले गर्दै छन भने तालिम माघ १५ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्