Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्दरहरैचामा ‘खाद्य मेला २०७६’ को उद्घाटन

शिब भट्टराई/प्रदेश एक माेरङकाे सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा आज शुक्रबार बाट ३ दिन सम्म शुरु भएको खाद्य मेला २०७६ उद्घघाटन भएको छ । खाद्य मेलाकाे उद्घघाटन प्रदेश १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरेका थिए । खाद्य मेलामा जातजाती विशेष खानेकुरा, पाेसिलाे खानेकुरा, मह, हर्राे ,बर्राे अमला, अलैची, सिस्नु,जुम्लाको मार्सी चामल, छुर्पि, अकबरे, माछा, मासुकाे, परिकार, अर्गानिक रायको साग, अचार लगायतका खाद्य प्रदार्थ राखिएको छ ।

जुम्ला तथा इलामकाे श्री अन्तु हाेमस्टे बाट उत्पादित खाद्य प्रदार्थ समेत मेलाकाे आकर्षण रहेकाे छ। नेपाली विशेषता झल्कने पाेशाकमा केहीकाे सहभागी भएकोले मेलाकाे आकर्षण समेत बढेकाे छ । मेलामा विभिन्न विद्यालयका विद्यार्थीहरुकाे समेत सहभागिता भएको छ ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मेलाकाे मुख्य आयोजक रहेको छ। परम्परागत पोषिलाे तथा स्थानीय खाद्य पदार्थहरुको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ” भन्‍ने मुल नाराका साथमा खाद्य मेला अायाेजना भएको छ ।

खाद्य मेलामा करिव ६२ वटा स्टल रहेका छन । उपरोक्त स्टलहरुको सहभागिताका लागि नि:शुल्क स्टल तथा प्रवेशकाे व्यवस्था गरिएको छ । सुन्दरहरैंचामा पहिलाे पटक खाद्य मेला २०७६ भएको हाे । खाद्य मेलामा तुलसी पराजुली, रामा मण्डल, सुनिता कटुवाल, नितिन गजुरेल लगायत हंशबाहिनी फिल्मस् प्रालिका कलाकारहरु को विविध मनोरञ्‍जनात्मक साँस्कृतिक कार्यक्रम समेत राखिएको आयाेजकले बताएकाे छ । सुन्दरहरैचामा पहिलाे पटक भएको खाद्य मेलाबाट स्थानीयहरु समेत अहिले हर्षित भएका छन ।मेलाकाे उद्घघाटन समाराेहमा नगर प्रमुख शिवप्रसाद ढकाल , काेसीहरैचा उ.वा.सका अध्यक्ष नवराज चापागाईं लगायतले खाद्य मेलाका बारेमा बोलेका थिए।

प्रकाशित मिति: Jan 24, 2020

प्रतिक्रिया दिनुहोस्